लमजुङ्ग,माघ १४ गते – लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०:३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्। जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो। त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ।
सिरहा,माघ १४ गते – सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ ।भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो । प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ
सिरहा,माघ १४ गते – सरकारी कार्यालय किर्ते कागजात तयार पारी लाखौंको ठगी गरेका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।धनौजी गाउँपालिका–१का सतार मियाँको २५ वर्षीय छोरा शहादत राईनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राइनले सोही ठाउँका १९ वर्षीय बब्लु पासमान , २० वर्षीय पारस कुमार पासवान र दिपेश कुमार पासमानको नाउँको सडक डिभिजन कार्यालयको सुपरभाईजर पदको नियुक्ती पत्र,मासिक तलब र सो पद सम्बन्धी उम्मेदवारको समझौता पत्र सडक डिभिजन जनकपुर प्रदेश–२ को लेटर प्याड तयार गरी सो प्याडमा सरकारी दस्तखत छाप किर्ते गरी तीनै जना संग २ लाखको दरले रकम ठगी गरेको प्रहरीको अनुसन्धानमा ख
विराटनगर,माघ १३ गते – प्रहरीले आफ्नै बुबाको हत्या अभियोगमा छोरालाई पक्राउ गरेको छ । बेलबारी नपरगालिका – ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले ८० वर्षीय बुबा दल बहादुरको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयलाई लिएर विवाद हुँदा आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीले बुबाको हत्या गर्ने छोरा जय बहादुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ
सिरहा,माघ १३ गते – राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना. ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।सो क्रममा प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप
सिरहा, माघ १३ गते – पूर्वपश्चिम राजमार्गको सिरहाको नगरहा गापा ३ चोहर्वामा विङ्गर र बोलेर पिकप एक आफसमा ठोकिंदा ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भिर रहको छ । पश्चिमकाबाट पूर्वतर्फ आईरहेको स. १ च १७३८ नम्वरको बोलेरो पिकप र पूर्वबाट पश्चिमतर्फ गईरहेको नम्वर नलेखिएको नयाँ विङ्गर एक आपसमा ठोकिंदा ६ जना घाईते भएका हुन् । घाइतेमध्येय धनुषाको सवैला नगरपालिका टोकीका ३५ वर्षिय रामसोभित धामी गम्भिर घाइते भएको छ । उनलाई स्थानीय स्वास्थ्यसंस्थामा उपचार नहुन सकेपछि थप उपचारको लागि विराटनगर लगिएको छ । घाइतेमध्ये नरहा गापा ३ का मोहम्मद जमाल, औरही गापा २ तुलसीपुरका १४ वर्षिय राधिका यादव र ३५ वर्षिय सरिता
झापा,माघ १३ गते – ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका– २ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका– २ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिका– ३ मेवा बस्ने ३० वर्षीय चन्दन साह कानुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कानुले ती महिलालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने ख
मोरङ,माघ १३ गते – आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका– ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै(झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिरहा,माघ १३ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो ।त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्र
सप्तरी,माघ १३ गते – । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाइएको छ ।मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् । यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्रीको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.