X wada

मुख्य समाचार

    Showing १,८६१-१,८७० of २,९७२ items.
  • मधेश प्रदेशमा सचिवको अभाब

    जनकपुरधाम । मधेश प्रदेश सरकारका मातहत रहेका मन्त्रालयदेखि आयोग तथा विभिन्न कार्यालयहरुमा कर्मचारीको मात्रै नभइ सचिवको पनि चरम अभाव देखिएको छ ।मधेश प्रदेश सरकारमा अहिले प्रमुख सचिवसहित १८ जना सचिवको दरबन्दी रहेकोमा हाल ७ जना सचिव मात्रै कार्यरत छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिव हरिप्रसाद मैनाली सरुवा भएको करिब एक महिना हुन लागेको छ । तर अहिले सम्म नयाँ प्रमुख सचिव आउन सकेका छैनन् । मुख्यमन्त्री कार्यालयमा थप दुई जना सचिवको दरबन्दी झण्डै एक महिनादेखि रिक्त रहेको छ । नेपालको संविधान २०७२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदक

    • प्रकाशित मितिः माघ २१, २०७८
    • १०८ पटक पढिएको
  • नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

    उदयपुर,माघ २१ गते । जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक अचानक डुब्न पुगेका थिए । अभिभावकले बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबिरहेका भेटेपछि तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ । उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उप

    • प्रकाशित मितिः माघ २१, २०७८
    • १४६ पटक पढिएको
  • रेल गफका पाँच वर्ष, डीपीआर नै बनेन

    काठमाडौँ, माघ २१ गते । काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ ।पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए । सपना बाँडियो मात्र होइन त्यसपछि बनेका स्थानीय तहका र अन्य सरकारले पनि उपत्यकामा रेल गुडिहाल्नेजस्ता भाषण गरे तर सरकारमा हुनेको भाषणको थेगो र सरकारी नीति तथा कार्यक्रमको हिस्साजस्तै बनेकोे मेट्रो रेल निर्माण अहिलेसम्म गफमै सीमित भएको छ । न अहिलेस

    • प्रकाशित मितिः माघ २१, २०७८
    • १३३ पटक पढिएको
  • अर्नाले गहुँ बाली नष्ट गरे

    सप्तरी, माघ २१ गते । सप्तरीको पूर्वी र उत्तरी क्षेत्रमा जंगली जनावर अर्नाले वर्षैनी गहुँबाली नष्ट गर्ने गर्छन् । यस वर्ष पनि हलक्कै बढ्न लागेको गहुँबाली चरेर नष्ट गरेको किसानको गुनासो छ । पछिल्लो समय सप्तरीको कञ्चनरुप नगरपालिकाको ७ र ४ मा कोशिटप्पु वन्यजन्तु आरक्षबाट दिनहुँ आउने अर्नाले खेतमा लगाएको गहुँबालीमा क्षति गरेको किसान विजय चौधरीले बताउनुभयो । चौधरीकाअनुसार एक विघाभन्दा बढी खेतमा लगाइएको गहुँबाली अर्नाले खाएका छन् । टप्पुबाट रातिको समयमा आउने अर्ना र हात्तीले यहाँका किसानले लगाएको बालि नष्ट गर्नेगरेका छन् ।त्यस्तै, टप्पुबाट आएको अर्नाको एक समुहले वडा ४ का प्रभुलाल पासवानको ४ कठ्ठा, भो

    • प्रकाशित मितिः माघ २१, २०७८
    • १५४ पटक पढिएको
  • पहिलाभन्दा आगामी निर्वाचन सहज

    काठमाडौँ, माघ २१ गते । निर्वाचन आयोगले २०७९ जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त मितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति जनाउँदै निर्वाचनको तयारी थाल्न आग्रह गर्नुभएको छ । तथापि सरकारले चुनावको मिति भने घोषणा गरिसकेको छैन । यसै साता सरकारले चुनावको मिति घोषणा गर्ने निर्वाचन आयोगले अपेक्षा गरेको छ ।यसै क्रममा निर्वाचन आयोगका पूर्वआयुक्तहरूले विगतको तुलनामा स्थानीय तहको आगामी निर्वाचन गराउन सहज हुने विचार व्यक्त गर्नुभएको छ । आयोगले स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपछि पूर्वआयुक्तहरूले चुनावका लागि पर्याप्त समय रहेको भन्दै आगामी निर्वाचन सहज हुने बताउनु

    • प्रकाशित मितिः माघ २१, २०७८
    • १३० पटक पढिएको
  • रेडक्रस सिरहा विधि विपरीत अधिवेशन गर्दै :उपाध्यक्ष डा.यादव

    सिरहा सम्वादातासिरहा, २० माघ । नेकपा एमाले सिरहा जिल्ला उपाध्यक्ष डा.नबिन यादबले नेपाल रेडक्रस सोसाइटी सिरहाको अधिवेशन पारदर्शी र नियम संगत बिधिबाट हुनुपर्ने माग गरेका छन् ।नेपाल-भारत सीमा नजिकैको  सिरहा नगरपालिका २० लगडिगदियानीमा अगामी माघ २५ मा अपारदर्शी र अनियमित तरिकाले अधिवेशन आयोजना गर्न लागेकोले आरोप लगाउदै डा यादवले सदस्यता वितरण र हरहिसाब पारदर्शी गर्न माग गरेको छ । अगामी २४ घण्टाभित्र सदस्यता वितरण र हरहिसाब पारदर्शी नगरिए  नेपाल रेडक्रस सोसाइटी  सिरहा शाखामा तालाबन्दी गरिने डा.यादवले बताएका छन् ।अधिवेशन रोक्नको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा जानकारी गराउन डेलिगे

    • प्रकाशित मितिः माघ २०, २०७८
    • २२४ पटक पढिएको
  • दर्ताबिना सञ्चालित वालुवा प्रशोधन (क्रसर) उद्योग

    सिरहा, माघ २० गते। गोलबजार नगरपालिका–९ घुर्मी खोलामा  पूर्व–पश्चिम राजमार्गसंगै टाँसेको कमलदह गिट्टी बालुवा प्रशोधन उद्योग (क्रसर) २ वर्षदेखि बिनादर्ता सञ्चालन चलिरहेको छ। क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा समेत नरहेको दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आईरहको को छ।  यस उद्योगले सरकारी नियम लत्याएको मात्र छैन राजस्व समेत छलिरहेको छैन स्थानीय तह, स्थानीय प्रशासन र प्रहरी मूकदर्शक बनेर उद्योगको मनपरीलाई धाप दिँदै आएको छ। गोलबजार नगरपालिका–९ स्थित घुर्मी पुलमै टाँसिएको शिवम् क्रसर उद्योगले पनि कानुनको ध

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४३ पटक पढिएको
  • घुस रकम सहित वाडा सचिव पक्रउ

    बारा,माघ २० गते ।  बाराको कोल्हवी नगरपालिका वाडा नं. ११ को वाडा सचिव लाई घुस रकम सहित पक्रउ गरेको छ । कोलहवी नगरपालिकाका वाडा सचिव विनोद प्रसाद साहलाई जग्गा नाम सारी सिफरिस गर्दा सेवाग्राहीसँग तीन हजार पाँच सय लिसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाबाट खटीएको टोलिले पक्रउ गरेको हो ।सेवाग्राहीले दिएको सूचनाको आधारममा उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४३ पटक पढिएको
  • एयरलाइन्सको शंकास्पद सेटिङ, भिजिट भिसा भएकालाई बोर्डिङ पास

    काठमाडौं,माघ २० गते –  अध्यागमन विभागले साउदी अरेबिया, दुबइ, कम्बोडिया र ओमान हिँडेका ७ जना नेपालीलाई प्रस्थान अनुमति नदिइ फिर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद् यात्रा भन्दै उनीहरुलाई बुधबार प्रस्थान अनुमति नदिएको हो । अध्यागमनले दुबइ हिँडेकी ललितपुरकी ममता केसी, मालती केसी र एलेक्स गौतम, कम्बोडिया हिँडेका नुवाकोटका लासिङ तामाङ र सिन्धुपाल्चोकका गणेश तामाङ, साउदी अरब हिँडेका कालीकोटका  नरेन्द्र बहादुर शाही  र ओमान हिँडेका  स्याङ्जाका  शिव रानाभाटलाई ‘शंकास्पद’भन्दै यात्रा रोकेको हो । अध्यागमनले श्रम भिसामा साउदी अरे

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ११९ पटक पढिएको
  • जनमत पार्टीद्वारा बन्दको अवाहन : ८ जना कर्याकर्ता पक्राउ

    सिरहा,माघ २० गते – सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीले आम हरतालको घोषणा गरेको छ।किसानहरुको समस्याको माग राख्दै सिके राउतका कर्याकर्ताहरुले चक्का जाम गरेको छ।पुर्व पश्चिम राजमार्ग चक्का जाम गर्ने क्रममा प्रहरीले ८ जना कार्यकर्ताहरुलाई पक्राउ गरेका छन्। पक्राउ पर्ने हरुमा धनगढीमाई नगरपालिका वाडा नम्बर–  २ कसहा बस्ने जय प्रताप साह कल्याणपुर नगरपालिका वाडा नम्बर–  ९ बस्ने रबिन्द्र ठाकुर,सोही ठाँउ बस्ने रंजित साह,बिजय महतो,गजेन्द्र साह,सन्तोष कुमार साह,सिरहा नगरपालिका वाडा नम्बर–  २० बस्ने दिनेश यादव,अर्नमा गाउँपालिका वाडा नम्बर ३ बस्ने मनोज मण्डल लगायत ८ जना पक्राउ परेको जनमत

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२