X wada

मुख्य समाचार

    Showing १,८११-१,८२० of २,९७२ items.
  • अवैध रुपमा लैजाँदै गरेको ५ हजार किलो केराउ सहित ट्रक चालक पक्राउ

    कपिलवस्तु,माघ २५ गते –  यशोधरा गाउँपालिका(७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलो केराउ सहित ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारतको इटवातर्फ जांदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा ल्याएको उक्त केराउ फेला पारी ट्रक तथा चालक धन प्रकशलाई पक्राउ गरेको हो ।  उनलाई बरामद केराउ र ट्रक सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाइने  जिल्ला प्रहरी

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १०९ पटक पढिएको
  • दुर्लभ बन्यजन्तु सालक सहित पक्राउ

    कैलाली,माघ २५ गते –  लम्कीचुहा नगरपालिका(४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका(१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले सालक नामको दुर्लभ वन्यजन्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालक सहित फेला पारी पक्राउ गरेको हो । उनलाई उक्त सालक सहित आवश्यक अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय लम्की पठाइएको छ ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • २२४ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    सिरहा,माघ २५ गते –  बर्दिया, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका– ४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका– १ स्थित जनशान्ति सामुदायिक वनमा प्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः माघ २५, २०७८
    • ९१ पटक पढिएको
  • एक वर्षमा १६ लाख नयाँ मतदाता थपिएको आयोगको अनुमान

    काठमाडौं, माघ २५ –   गते– निर्वाचन आयोगले एक वर्षमा करिब १६ लाखभन्दा बढी नयाँ मतदाता थपिएको अनुमान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म करिब १६ लाखभन्दा बढी नयाँ मतदाता थपिएको अनुमान गरेको बताउनुभयो।आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम मंगलबारबाट स्थगित गरेको छ। निर्वाचन आचरसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई मंगलबारदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन ७७ वटै जिल्लालाई निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दि

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १२७ पटक पढिएको
  • पेट्रोलियम इन्धनको विकल्पमा विद्युतको प्रयोग बढाइँदै

    काठमाडौं, माघ २५ गते –  उपभोगनै गर्न नसक्ने गरी पेट्रोल, डिजल र एलपी ग्याँसको मूल्य अकाशिएसँगै उपभोक्ताहरुले यसको विकल्प खोज्न थालेका छन् । विदेशी मुलुकबाट आयात गरिएको इन्धनको मूल्य पटकपटक बृद्धिसँगै जीवन गुजारा गर्न धौधौ हुन थालेपछि विकल्पको रुपमा उपभोक्ताहरुले विद्युतीय सामग्री प्रयोग गर्न थालेका छन् ।केही समयअघिसम्म चुल्होमा ग्याँस नै प्रयोग गर्नुपर्ने बाध्यता थियो तर हिजोआज विद्युतीय इन्डक्सन चुल्हो विकल्पको रुपमा प्रयोग गर्न थालेको पाइएको छ । यता भञ्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो वर्षहरुको तुलनामा विद्युतीय सवारीसाधनको आयत समेत बृद्धि हुँदै गएको छ । विभागका अनुसार हाल नेपालमा ४०

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १५१ पटक पढिएको
  • मातृत्व र शिशु मृत्यु दर कम गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

    कलैया,माघ २५ गते –  मातृत्व र शिशु मृत्यु दर कम गर्न जीतपुर सिमरा उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई मातृत्व र शिशु मृत्यु दर घटाउँने बिषयमा प्रशिक्षण दिइएको छ ।जीतपुरसिमरा उप– महानगरपालिकाको १६ वटै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिनुको साथै मातृ शिशु दर घटाउन छलफल समेत गरेको छ । छलफलको क्रममा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रबि भाष्करले सुत्केरी महिलाहरुको स्वास्थ्यको समय–समयमा हेरविचार गरिएमा आमा र बच्चा दुबैको जीवन रक्षा गर्न सकिने बताए । गर्भवती महिला बिशेष कारणबश स्वास्थ्य संस्थामा आउन नसकेमा ,घरमै गएर उपचार गर्ने व्यवस्था मिलाइएको जनस्वास्थ्य शाख

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १६३ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,माघ २५ गते – सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापवाल सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको मूल्य १२ सय ६० रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • २२८ पटक पढिएको
  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं,माघ २५ गते –  नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक बस्दैछ । सभापति एवम् प्रधानमन्त्री देउवा भने बैठकमा सहभागी नहुने बताइएको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो बस्न लागेको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकको तयारीका लागि  पदाधिकारी  बैठक बस्न लागेको हो। सभापति देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका छलफल हुने जनाइएको छ।बैठकमा समसामायिक राजनीतिक विषयअन्तर्गत स्थानीय तहको निर्वाचन

    • प्रकाशित मितिः माघ २५, २०७८
    • ११६ पटक पढिएको
  • नेपालको सीमामा चीनले 'स्थायी नहर' बनाउन खोजेको खुलासा

    काठमाडौं,माघ २५ गते –  चीनले नेपालको सीमा अतिक्रमणको प्रयास गरेको खुलेको छ । नेपाल सरकारको गोप्य प्रतिवेदनले सो खुलासा गरेको हो । नेपाल सरकारको गोप्य प्रतिवेदनअनुसार चीन सरकारले हुम्ला जिल्लास्थित दुई देशको सीमामा पर्ने नेपाली भूमिमा 'स्थायी नहर' बनाउन लागेको छ ।नेपाल सरकारले पहिलो पटक आधिकारिकरुपमा चीनले नेपाली भूमिमाथि अतिक्रमण प्रयास गरेको दाबी गरेको हो । मध्य पश्चिमाञ्चलको सो क्षेत्रमा चीनले अतिक्रमण गरेको दाबी गरेपछि सरकारले गएको सेप्टेम्बरमा सो प्रतिवेदन तयार पारेको बीबीसी न्युजले जनाएको छ ।  हुम्लाको किट खोला क्षेत्रमा चीनले दिर्घकालिन रुपमा नहर बनाउने र सो क्षेत्रलाई नियन्त्र

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १४६ पटक पढिएको
  • शिक्षक अभावमा पाठन पाठनमा समस्या

    अनुभक्त चौधरीसिरहा,माघ २५ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.१ भोरकटैयास्थित गोरैया आधारभूत विद्यालयमा प्रदेश सरकारले प्रदान गरेको १५ लाख रकमबाट विद्यालयको ब्राउण्ड्री वाल र ग्रिल गेट निर्माण भएको छ । प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयबाट प्रदान गरेको रकमबाट  विद्यालयको ग्रिल गेट र बाउण्ड्री वाल निर्माण भएपछि विद्यालय सुरक्षित भएका छन् ।भारतीय सीमानासँग जोडिएको उक्त विद्यालयमा वाउण्ड्री वाल र ग्रिल गेट निर्माण हुनुभन्दा अघि विद्यालयको सरसामान चोरी हुनुको साथै चौपाया लगायत स्थानीयको ओहोर दोहोर एवम् कोलाहलको कारण विद्यालयको पठन पाठन प्रभा

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १२० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२