सिरहा,फागुन ३ गते – धनुषा प्रहरीले दुई जनालाई चोरीको आरोपमा पक्राउ गरेको छ ।गत माघ २८ गते रातीको समयमा धनुषा जिल्लाको जनकपुर उप–महानगरपालिका– १९ बाट मोटरसाईकल चोरी र सोही राती सोही ठाउँ नजिक निर्माधीन अवस्थामा रहेको घरबाट पानी तान्ने मोटर तथा कल समेत चोरी भएको थियो । सो चोरीको आरोपमा प्रहरीले जनकपुरधाम उप–महानगरपालिका– १९ मुसहरी टोलका छोटु मेस्टरको २० वर्षीय छोरा सुमित मेस्तरलाई पक्राउ गरेको छ । मेस्तरलाई गत माघ २९ गते नै पक्राउ गरिए पनि सोमबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरीबाट खटेको टोलीले २९ गते बिहान जउनपा– १९ बेंगाशिवपुर स्थित बाटोमा चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा चोरी भएको ज.
काठमाडौं,फागुन २ गते – प्रधानसेनापति महारथी प्रभुराम शर्मा र यूएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ ।शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सईदबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ
काठमाडौ,फागुन २ गते – सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ ।नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई) द्वारा भर्चुअलरुपमा आयोजित नीति संवाद शृंखलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताएका छन् । ‘जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्र्दभमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ’, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘अदालतको आदेश छ तर यसको कार्यान्वयन भइरहेको छैन ।’निर्वाचन आयोग र
महोत्तरी,फागुन २ गते – नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला एकीकृत समाजवादीले एमालेका कार्यकर्ता भित्राउन थालेको छ।आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तानलाई काठमाडौँमा अध्यक्ष माधव नेपालले स्वागत गरे। स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन ।यही विवादको फाइदा एकीकृत समाजवादीले
वीरगञ्ज, फागुन २ गते– देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चा
सिरहा,फागुन २ गते – झापा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपलिका– १० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका– ९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
सिरहा,फागुन २ गते – सिन्धुलीको कमलामाई नगरपालिका– ४ स्थितबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका– १ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका– ७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ । पोखरा महानगरपालिका– १७ राममन्दिर च
अर्घाखाँची,फागुन २ गते – कपिलबस्तुको वाणगंगा नगरपालिकामा ५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। वाणगंगा नगरपालिका(९ चौवासमा रहेको रामसमुज थारुको घर गोठमा लुकाइ छिपाइ लोड गरेर राखिएका ५ थान भरुवा बन्दुकसहति ६० वर्षीय थारुलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुंगले बताए। इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले घरमा गइ खान तलासी गर्दा भरुवा बन्दुक बरामद गरेको हो। निज थारुको बारेमा अनुसन्धान भैरहेको प्रहरी निरिक्षक गुरुंगले जानकारी दिए
सर्लाही, फागुन २ गते – सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका९८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो ।आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।आगो निभाए पनि साहको भने घटना स्थलमै ज्यान गएको थियो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्या
विराटनगर,फागुन २ गते – मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।उर्लाबारी नगरपालिका– ४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ ।चिरपट प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा आइतबार राति १०:२५ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.