राजविराज, ८ माघ । सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरमा नेपाल विद्युत प्राधिकरणको फ्युज सेवा तथा महसुल काउण्टर स्थापना गरिएको छ । सुरुङ्गा नगरपालिकाले वडा नम्बर ३ स्थित वडा कार्यालय परिसरमै उपलब्ध गराएको भवनमा स्थापना गरिएको सो फ्युज सेवा तथा महसुल काउण्टरको आज मंगलवार एक कार्यक्रमका बीच नेपाल विद्यत प्राधिकरण मधेश प्रादेशिक कार्यालयका प्रमुख ईञ्जिनियर शम्भु कुसियैतले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख कुसियैतले ग्राहकहरुलाई सहज सुल्भ ढंगबाट सेवा प्रवाह गर्न फ्युज सेवा र महसुल काउण्टर स्थापना गरिएको बताउनुभयो । उहाँले यसबाट सेवाग्राहीहरुको समयसँगै पैसाको समेत बच
सिरहा,माघ ०८ गते । सशस्त्र प्रहरीले पेस्तोलसहित धनुषाबाट दुई जनालाई पक्राउ गरेको छ ।धनुषाको धनौजी गाउँपालिका–४ स्थित भडरियाबाट एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ स्थित सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पञ्चायत–५ का २१ वर्षीय रुपेशकुमार यादवलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए । बिओपी धनौजीको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट ९ एमएम बाउनिंग पेस्तोल बराम
सिरहा माघ ०८ गते जनकपुरधाममा दुईवटा सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ । सोमबार राति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् । पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्को गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जनाएका छन् । दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइर
सिरहा,माघ ७ गते । सिरहा जिल्लास्थित लहान नगरपालिकाले सौन्दर्यकरणको नाममा वर्षौदेखि अस्तित्वमा रहेको नहरलाई मास्ने कार्य गरिरहेको भन्दै ६ बुँदे मागसहित स्थानीयहरु आन्दोलित भएका छन् । नहर मासेर निर्माण हुन लागेको ढल निकासको काम बन्द गर, अतिक्रमित नहरको जग्गा तुरुन्त खाली गर, उच्च अदालतको अन्तरिम आदेश पालना गर लगायतका माग राखी स्थानीयहरु आन्दोलित भएका हुन् । किसानको हित विपरित साठी वर्षदेखि अस्तित्वमा रहेको नहरलाई हयुम पाइप राखी नहर मासेर ढल निकास गर्न लागेको भन्दै त्यसको प्रत्यक्ष असर किसानलाई पर्ने भएकाले आन्दोलनमा उत्रिएको आन्दोलनकारीहरुले वताएका छन् । नहरलाई मास्ने कार्य गरेको
सिरहा,माघ,५ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी राजनीतिकबाहेक शिक्षा, स्वास्थ्य, कृषि लगाएत समाजमा रहेका विकृति र विसंगतिको समचारलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो । सिरहाको लहानमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० सिरहा शाखाको छैठौँ जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री लेखीले मिडियामा राजनीतिक समचारलाई बढी महत्व र स्थान दिएको वताउँदै उहाँले राजनीतिबाहेक कृषि, शिक्षा, स्वास्थ्यलगाएत क्षेत्रका विकृती र विसङ्गतीका कुरालाई समेत पत्रकारले उठाउनुपर्ने जिकिर गर्नुभयो । मन्त्री लेखीले व्यवस्था र अवस्था परिवर्तनमा पत्रकारको महत
सिरहा,माघ ४ गते । मधेश प्रदेश सरकारले यही माघ ५ गते सातौँ बलिदानी दिवस मनाउने भएको छ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग दिएर सो दिवस मनाइने भएको छ ।अर्थमन्त्री सुनिल कुमार यादवले शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी फाइलमा तोकादेश गरेसँगै यस वर्ष पनि आर्थिक सहयोग वितरण गर्ने छ । गएको पुस २९ गतेको मन्त्री परिषद्को बैठकले माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउने निर्णय गरेको थियो । गृह संचार तथा कानुन मन्त्रालय मातहत रहेका मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको आयोजना गर्दै आएको छ । बलिदानी दिवस मना
सिरहा,माध ३ गते । सरकारले ल्याएको अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ ।अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानूनी व्यवस्था, निर्णय प्रक्रिया सरलीकरण र स्थानीय तहमा नेतृत्व पद रिक्त भएमा अस्थायी व्यवस्थाको प्रावधानलगायत समावेश गरेर कानून ल्याइएको बताउनुभयो । त्यसैगरी अध्यादेशमार्फत् श्रमिकहरूको पेन्सन र अवकाश उमेरमा एकरूपता कायम गरिएको छ । साथै, गैरआवासीय नेपालीलाई सहज नागरिकता, भिसा व्यवस्था, विदेशी र घरेलु लगानीमा सहजीकरण, स
महोत्तरी, पुस २८ गते । महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार ृपेस्तोले को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार चालु आव २०८१-८२ को ६ महिनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा सात साना हतियार बरामद गरिएका छन भने त्यसमा लाग्ने १९ राउण्ड गोली पनि बरामद गरिएको छ ।यसैगरी, जिल्ला प्रहरी कार्यालयले ती साना हतियारसहित पाँच जनालाई पक
सिरहा,पुस २७ गते । पुसको अन्तिम साता बित्नै लाग्दा समेत शीतलहरसँगै चल्ने चिसो हावा नचलेकाले तराई मधेशमा जाडोको महसुस भएको छैन । यतिबेला शितलहरसँगै चल्ने बाक्लो हुस्सुले जनजीवन अस्तव्यस्त हुनुपर्ने बेलामा विहान बेलुका चिसोको महसुस मात्र भइरहेको छ । वातावरणीय प्रभावले मौसममा भएको बदलावका कारण यसबेला चिसो मौसमले खासै प्रभाव नपारेको स्थानीयहरु वताउँछन् । एयगकभ‘।यतिबेला लग लग काम्नो चिसोले निमोनिया, श्वास प्रस्वास समस्या र हापोथर्मियाका विरामीहरु अस्पतालहरुमा भरिभराउ हुनुपर्ने भए पनि त्यसो नभएको रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानका चिकित्सक धिरज कुमार साहले जानकारी दिनुभयो । एयगकभ‘।शितल
सिरहा,पुस २५ गते। सिरहाको लहानमा कृषि विकास बैंक शाखा लहानले बहुमुल्य जग्गा सस्तोमा लिलाम गरेको विरुद्धमा पूर्वपश्चिम लोकमार्ग पिडित पक्षद्वारा बन्द गरिएको थियो ।कृषि विकास बैक शाखा कार्यालय लहानले लहान नगरपालिका वडा नं. २२ की आशा कुमारी यादवको घर र जग्गा बैंकले कुनै जानकारी विना लिलामी गरेका कारण आज लोकमार्ग अरुद्ध गरी आन्दोलनमा उत्रेका छन् ।लहान नगरपालिका–२ बस्ने रामचन्द्र यादवले पूर्व–पश्चिम राजमार्गमा टाँसिएकै ७ धुर जग्गा बन्धकी राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए। उनले मंसिर महिनाको पनि किस्ता तिरेको बताएका छन्। ब्याज सवाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा प
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.