X wada

मुख्य समाचार

    Showing १,४२१-१,४३० of २,९७२ items.
  • नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

    सप्तरी, फागुन २७ गते –  नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २०५ पटक पढिएको
  • श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको ११६ वर्षको उमेरमा निधन

    कोलम्बो,फागुन २७ गते –  श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो ।  उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो । श्रीलङ्का सरकारले भने उनको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो । उनी १११ वर्षको भएको बेला सरकारले उनलाई देशको सबैभन्दा जेष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो । उनी दुई छोरा र एक छोरीकी आमा थिइन् । उनका श्रीमानको भने ४० वर्ष अगाडि नै निधन भएको थियो ।  उनी शाकाहारी थिइन् । उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनी अस्पतालमा भर्ना&n

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १७० पटक पढिएको
  • वडा सदस्यको निधनमा नगरपालिकामा विदा

    सिरहा,फाल्गुन २७ गते । सिरहाको गालवजार नगरपालिकामा वडा सदस्यको निधनको शोकमा आज एक दिन विदा दिने निणर्य गरेको छ । गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरका वडा सदस्य डोमी चमारको निधनमा आज नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द रहेको जनाईएको छ ।नगरपालिकाको २६ गतेको निणर्यले शुक्रबार एक दिन नगरपालिकाको कार्यालय र अन्र्तगतका वडा कार्यालयहरु बन्द रहने निणर्य गरेको छ । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १७३ पटक पढिएको
  • आज सहिदद्वारको उद्घाटन

    जनकपुरधाम,फाल्गुन २७ गते । मधेश आन्दोलनमा सहादत दिएका सहिदहरुको सालिक सहितको सहिदद्वारको शुक्रवार उद्घाटन हुने भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्वार जनकपुरधामको उत्तरी प्रवेशद्वार मुजेलियामा रहेको छ ।भगवान रामको पूर्ण कदको प्रतिमा सहितको धनुषाकार द्वारको बीचमा सहिद निकु यादव, दिलिप यादव र सञ्जय चौधरीको शालिक राखिएको छ ।उनीहरु मधेश आन्दोलनको क्रममा जनकपुरधाममा सहिद भएका थिए ।तीनै जनाको अन्त्येष्टि गरिएकै स्थल नजिक निर्माण गरिएको द्वारको दुबै तर्फ मधेश आन्दोलनका अन्य सहिदहरुको विवरण उल्लेखित स्तम्भहरु राखिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको ४ करोडको लागतमा सहिदद्वारको निर्म

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १४० पटक पढिएको
  • देशैभर ढुवानी ठप्प पार्ने चेतावनी

    काठमाडौं,फाल्गुन २७ गते । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ । मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ ।नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन माग गर्ने निर्णय गरेको हो । महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १४९ पटक पढिएको
  • निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

    काठमाडौं,फाल्गुन २७ गते। निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ ।संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे रायसुझाव लिइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषय वस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रा

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १५१ पटक पढिएको
  • निर्वाचनमा मतदाता शिक्षा

    सिरहा,फाल्गुन २७ गते । मतदाता शिक्षा भन्नाले कुनै निर्वाचनका लागि मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने साधनहरूको बारे मतदातालाई जानकारी गराउनको निम्ति अवलम्बन गरिने सूचना, सामग्री तथा कार्यक्रमसम्बन्धी कार्यलाई जनाउँछ । यसैको माध्यमबाट मतदाताहरूले कुन प्रकारको निर्वाचन भइरहेको छ, कहाँ, कहिले र कसरी मतदान गर्ने, उम्मेदवारहरू कुन कुन राजनीतिक दलसँग सम्बन्धित छन् वा स्वतन्त्र रहेका छन् भन्ने विषयमा जानकारी लिन सक्ने अवस्था सिर्जना हुन्छ । यसैगरी, मतदाता सूचीमा आफ्नो नाम रहे, नरहेको र मतदाता सूचीमा नाम समावेश नभएको अवस्थामा मतदान गर्न सकिने वा नसकिने जस्ता कुरामा पनि जानकारी पाउन सकिन्छ । साथ

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १३६ पटक पढिएको
  • मोटर साईकल दुर्घटनामा परी एक युवकको मृत्यू

    सिरहा,फाल्गुन २६ गते। दुर्घटनामा भएर सडक किनारमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोकिंदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ४ मैनावत्ति खोलानजीकै रोकिएको प्रदेश २ –०३ –००१ ख नम्बरको बाँस बोकेको ट्रकमा ठोकिंदा ज १० प ३६४८ नम्बरको मोटरसाइकलमा सवार विष्णुपुर गापा ३ राजपुरका २५ वर्षिय लाल कुमार यादबको मृत्यु भएको हो ।जन्तीबाट घर फर्कंदै गएको अवस्थामा यादव समावार मोटरसाइकल ट्रकमा ठोकिएको बताइएको छ । यादव पूर्वबाटपश्चिम तर्फ जादैँ गर्दा रोकिएको ट्रकको पिछाडी  ठोकिएर सख्त घाइते यादवलाई उपचारको लागि लहान लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी क्रयालय गोलबजारका इन

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १२५ पटक पढिएको
  • प्रहरीको सक्रियताले रोकियो बालविवाह

    महोत्तरी,फागुन २६ गते –  महोत्तरीको गौशालामा हुनै लागेको बालविवाह प्रहरीले रोकिएको छ। गौशाला नगरपालिका–  ६ फुलकाहामा गएराति जन्तीसहित गर्न लागिएको ‍ १४ वर्षिया बालिकाको विवाह रोकिएको हो।प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार दिलेचन महतोले आफ्नी छोरीको गर्न खोजिएको बालविवाह प्रहरीको टोलीले तत्कालै रोकिएको हो। प्रहरीले गोप्य सूचना पाएलगतै स्थानिय नागरिक समाज, भद्रभलादमी, बुद्धिजीवीहरुको सहयोगमा सो कार्य सफल गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३१२ पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा आज कञ्चनवनमा, भव्य होली महोत्सवको आयोजना

    महोत्तरी,फागुन २६ गते –  मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्ने भएको छ ।धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा सातौं दिन आज ९बिहीबार० महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्दै छ । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ ।&nb

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३०४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२