सिरहा,फागुन २७ गते – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
काठमाडौं,फगुन २७ गते – नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– ९ नवलडाँडा स्थायी वतन भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका– १० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका– ८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका(४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । चाँगुनारायण नगरपालिका– ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित
काठमाडौं,फागुन २७ गते – महानगरपालिका– १६ माछापोखराबाट राज कुमार तामाङको सुन(चाँदीका गर(गहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका– ३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । राज कुमारको सुन(चाँदीका गर(गहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोला सुनको मंगल सुत्र, १ थान चाँदीको ब्रासलेट र १ थान रातो पोते माला प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
काठमाडौं, फागुन २७ गते – सरकारले आगामी वर्ष २०७९ मा शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ । तर, पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बिहान
काठमाडौं, फागुन २७ गते – होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो ।प्रतिवेदनले
काठमाडौं,फागुन २७ गते – सर्वोच्च अदालतबाट २०७६ असार २२ गते उत्प्रेषणसहितको परमादेश रिटमा विवाहित छोरीले पनि अंश पाउने गरी फैसला भयो। उक्त फैसलाले संविधानको धारा ३८ ९१० मा समेत आधारित भएर प्रत्येक महिलाको वंशीय हक कायम गरिदिएको छ। फैसला, महिलाको हक अधिकार कार्यान्वयन गर्न कोशेढुंगा साबित हुनुपर्ने हो। तर सोही फैसलालाई आधार मानेर गरिएको एक मुद्दामा जिल्ला अदालत कास्कीले महिलाको वंशीय र अंशीय हक अधिकार खोसेको छ। एक महिलाले माइतीपक्षसँग अंश माग गर्दै मुद्दा दायर गरेकी थिइन्। न्याय पाउने आशामा अदालतको ढोका ढकढक्याउँदै गएकी उनलाई जिल्ला अदालत कास्कीले अंश नदिई निरास बनाएर फर्कायो। जबकि संविधान, कानु
धनुषा,फागुन २७ गते – मिथिला मध्यमा परिक्रमाका यात्रीहरु विहीबार कञ्चन वनमा होरी उत्सव मनाएका छन् । मिथिलाको महाकुम्भ समेत मानिने १५ दिने मध्यमा परिक्रमा विहीबार सातौं दिन कञ्चनवन पुगेको हो । भगवान राम र माता सीताले त्रेतायुगमा रंग अबिर दलेर होरी खेलेको स्मरणमा यात्रीहरुले कञ्चनवन पुगेर प्रत्येक वर्ष होरीउत्सव मनाउने परम्परा रहिआएको सुन्दर सदनका महन्त नवलकिशोर शरणले जानकारी दिएका छन् । उनले भने,‘मिथिलामा आजको दिनबाटै औपचारिक रुपमा होरी महोत्सव मनाउने प्रारम्भ हुने गरेको छ ।यो अत्यन्त महत्वपूर्ण दिन हो ,हुन त परिक्रमाको १५ दिन नै महत्वपूर्ण रहेको भएपनि आजको दिनलाई विशेष महत्वको रुपमा हेरिन्छ ।’
काठमाडौं, फागुन २७ गते – वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा उक्त श्रम डेस्क हटाउने भएको हो । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीले बुधबार विमानस्थलमा राखिएको श्रम डेस्क हटाएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अनलाइन सूचना प्रणाली ९फेमिस० कार्यान्वयनमा आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको हुँदा हटाइएको जानकारी दिनुभयो ।उहाँका अनुस
सिरहा,फाग २७ गते – भारतबाट भन्सार छली गरी ल्याइएको तीन लाख उनाइस हजार भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार सबैला प्रहरी चौकी समेतबाट खटेको संयुक्त टोलीले सबैला नगरपालिका– ९बाट ३ लाख १९ हजार ५ सय २० रुपियाँ बराबरको चीनी ,खानेतेल लगायतका सामानहरु बरामद गरेको हो । वेवारिसे अवस्थामा फेला पारिएको सो सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि जनकपुरधाम भन्सार कार्यालयमा बुझाइएको छ ।
काठमाडौं, फागुन २७ गते – लामो समयदेखि प्रतिबन्ध लगाइएको केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आव २०७८/७९ का लागि ती वस्तुको आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेको जनाएको छ । यससम्बन्धी अनुमति दिँदै बिहीबार राजपत्रमा सूचना प्रकाशन भएको छ ।औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैँले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ । यसअघि २०७६ चैत २४ गते राजपत्रमा नै सूचना प्रकाशित गरेर ती वस्तुको पैठारीमा बन्देज लग
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.