X wada

मुख्य समाचार

    Showing १,२३१-१,२४० of २,९७० items.
  • सुरक्षाको माग गर्दै व्यवसायीहरुले बुझाए ज्ञापनपत्र

    जनकपुर,चैत २५ गते । शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा  जनकपुरधामका व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् । धनुषाका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।पछिल्लो केही समयदेखि धनुषामा चोरी आगजनी तथा अपराधिक किसिमको घटनामा वृद्धि भएको बताउँदै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आम नागरिक तथा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको बताउँदै उनले तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै प्रज

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १६३ पटक पढिएको
  • निर्वाचन आचार संहिता लागू, सामाजिक सञ्जालमा उम्मेदवार र दलले मात्र प्रचार गर्न पाउने

    काठमाडौं,चैत २५ गते । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैतं) देखि लागू भएको जनाएको हो ।आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • २२७ पटक पढिएको
  • सिरहामा टाईफाईड विरुद्धको खोप, २ लाख ४५ हजार बाल–बालिकालाई खोप लाउने

    सिरहा,चैत २५ गते । सिरहामा करिव अढाईलाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिईने भएको छ । भोली चौत २५ गतेबाट सुरु हुन लागेको टाइफाइड विरुद्धको खोप अभियानमा जिल्लाका २ लाख ४५ हजार ८३ जना १५ महिना देखि १५ वर्ष मुनिका बाल बालिकाहरु सहभागी हुने भएको हो ।सिरहामा दुई चरणमा हुन लागेको खोप अभियानमा एक हजार १० खोप केन्द्र रहने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन खोप लाउने ४ सय ३२ जना स्वास्थ्यकर्मि र ८ सय ६४ जना स्वायम् सेवक परिचालन गरेको स्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।खोपमा खटिने सवै स्वास्थ्यकर्मि, स्वायम्सेवक तथा कर्मचारीहरुल

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १२२ पटक पढिएको
  • गर्भपतन गर्ने अभियुक्तलाई डेढ वर्ष कैद सजाय

    राजविराज,चैत २५ गते । जिल्ला अदालत सप्तरीले जिल्लाको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई कैद सजाय फैसला गरेको छ । सो घटनाका अन्य तीन जना आरोपितले भने सफाइ पाएका छन् ।महादेवा गाउँपालिका ४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई डेढ वर्ष कैद सजाय भएको अदालतले जनाएको छ । बरैसहित उनका छोरा २७ वर्षीय श्याम राउत वरै, सोही ठाउँका ६५ वर्षीय रामजी साह र उनका छोरा ४० वर्षीय सुरेन्द्र साहले २०७७ फागुन ६ गते दिउँसो कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएका

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १२९ पटक पढिएको
  • नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे निर्वाचित

    सिरहा,चैत २५ गते । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्  । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उनले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई पराजित गरे । अधिकारीले २४ सय ८२ मत ल्याएका छन् ।  महासचिवमा घिमिरे समूहकै अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ ।  प्यानल नै विजयी भएपछि नेपाल बार परिसरमा घ

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १४० पटक पढिएको
  • टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गरिने

    काठमाण्डौ, चैत्र २५ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १४औँ  वार्षिक साधारणसभाले ले कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर रु २० (बीस) का दरले नगद लाभांश वितरण गर्ने भएको छ।कम्पनीको बिहीवार सम्पन्न १४औँ  वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको जनाएको  छ। १४ औँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम विहिवार  (२०७८ चैत २४ गते)  देखि शेयरधनीलाई वितरण गर

    • प्रकाशित मितिः चैत २५, २०७८
    • २०१ पटक पढिएको
  • उत्तरी क्षेत्रमा बढ्दैछ खानेपानी संकट

    महोत्तरी,चैत २५ गते । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्यचैतपछि नै पानीका मुहान

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १५० पटक पढिएको
  • स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई बढार्नुपर्छः ओली

    काठमाण्डौ चैत्र २५ गते । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनलाई बढार्नुपर्ने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्। नेकपा एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउन अब पाँचदलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे।‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरूको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ। एमालेलाई जिताउनुपर्छ। यही सन्देश लिएर जनतामाझ जानुहोस्,’ उनले अगुव

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १६९ पटक पढिएको
  • हतियारसहित तीन जना पक्राउ

    पर्सा,चैत २५ गते । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका  ५५ वर्षीय  रामजी ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १५३ पटक पढिएको
  • घरैपिच्छे पेट्रोलका ट्यांकर पार्किङ ! दुर्घटनाको डर

    बारा,चैत २५ गते । अति प्रज्वलनशील पदार्थ बोकेका पेट्रोलियम ट्ंयाकरहरु आयल निगम अमलेखगञ्ज डिपो आसपासको बस्तीमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।निगमको अम्लेखगञ्ज डिपो छेउका सडकपेटी र बस्ती छेउका घर आँगनमा प्रतिघर ३ देखि ४ वटासम्म ट्यांकरहरु पार्किङ हुने गरेका छन् । पेट्रोलियम पदार्थ बोकेका वा खाली दुवैखाले ट्ंयाकर अति प्रज्वलनशील भएकाले सानो आगोले झिल्कोले पनि ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।यसअघि सडक छेउमा पार्किङ गरिराखेको ट्यांकरलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा अम्लेखगञ्जमा आगलागीको घटनासमेत भएको थियो । निगमभित्रै पनि गत साता तार सर्ट भएर आगलागी हु

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १४० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२