X wada

मुख्य समाचार

    Showing १,०२१-१,०३० of २,९७० items.
  • ब्राउन सुगरसहित दुईजना प्रहरीको फन्दामा

    सिरहा,असार १८ गते ।  लागूऔषध ब्राउन सुगरसहित एक युवक र एक युवती जनकपुरबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेन रहेका जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।उनीहरुको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको उनले बताए ।उनका अनुसार दुबैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको छ । संगै हिंडिरहेका चौधरी र हुसेनमाथि शंका

    • प्रकाशित मितिः असार १८, २०७९
    • २४३ पटक पढिएको
  • अस्थायी पुल बगाएपछि स्थानीयलाई सास्ती

    धनगढी, असार १७ गते । कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको पुल बाढीले बगाएपछि स्थानीयलाई सास्ती भएको छ । बिहीबार आएको बाढीले कृषि सडक अन्तर्गतको काठे पुल बगाएपछि स्थानीयलाई ओहोरदोहोर गर्न सास्ती भएको हो । अहिले खेतीपातीको काम भइरहेका बेला सो पुल भएर केयौं गाउँका स्थानीयवासी खेतसम्म आउनेजाने गरेका थिए । बाढीले काठे पुल भत्काएपछि जोखिम मोलेर खेतमा जान बाध्य भएको रामपुर गाउँका स्थानीय रामलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार ओहोरदोहोरका लागि रामपुर, भुईयाँफाँटा, तिघरीका स्थानीयले मिलेर बनाएको काठे पुल भत्केपछि यी तीन गाउँवासीलाई सबैभन्दा बढी समस्या झेल्नुपरिरहेको छ । 

    • प्रकाशित मितिः असार १७, २०७९
    • २२५ पटक पढिएको
  • खोलामा डुबेको बालकको शव फेला

    धनगढी, असार १७ गते । खोलामा बेपत्ता हुनुभएका कैलालीको धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विकको शव आज फेला परेको छ । कैलारी गाउँपालिका –६ स्थित धर्मापुर मामाघर गएकोबेला गौकन्द्री खोलामा साथीसँग पौडी खेल्ने क्रममा विक वेपत्ता हुनुभएको थियो ।असार १५ गते खोलामा बेपत्ता हुनुभएका उहाँको तीन दिनपछि सोही खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । घटनास्थलबाट ८०० मिटर टाढा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । मृतक बालकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल पठाइएको प्रह

    • प्रकाशित मितिः असार १७, २०७९
    • १५५ पटक पढिएको
  • पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

    पर्सा, असार १७ गते । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण  मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरुपमा अन्त्यष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो । मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी

    • प्रकाशित मितिः असार १७, २०७९
    • १५९ पटक पढिएको
  • प्रदेश सरकारद्वारा सिरहाका ९५ शहिद परिवारलाई सम्मानसँगै चेक हस्तान्तरण

    लहान, १७ असार । मधेश प्रदेश सरकारले सिरहामा जनयुद्धका शहिदर मृत्यु भएका ९५ जनाको परिवारलाई रु।एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री मातृका प्रसाद यादव, मधेश प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शहिद परिवारलाई प्रमाणपत्र र रु। एक लाखको चेक हस्तान्तरण गर्नुभयो । जनयुद्धका शहिदर मृतक परिवारलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै माओवादी नेता यादवले जनयुद्धका शहिदलाई संघीय सरकारले उचित सम्मान

    • प्रकाशित मितिः असार १७, २०७९
    • १७० पटक पढिएको
  • दक्षिण कोरियामा १३ नेपाली पक्राउ

    काठमाडौं,असार १७ गते । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम ९इ–८०को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।उनीहरुमध्ये दुई जनाले दक

    • प्रकाशित मितिः असार १७, २०७९
    • १४५ पटक पढिएको
  • प्रदेश सरकारद्वारा लोकल्याकारी विज्ञापन तथा पत्रकार स्वास्थ्य बिमा कार्यविधि स्वीकृत

    जनकपुर, १६ असार प्रदेश प्रदेश सरकारले आज मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ ।  मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत दुबै कार्यविधि प्रदेश सरकार मन्त्री परिषद्को आज बसेको बेठकले स्वीकृत गरेको गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जानकारी दिनुभयो । मन्त्री परिषद्बाट दुबै कार्यविधि पारित भएसँगै अब मधेश प्रदेशमा सञ्चालित पत्रपत्रिका, एफ.एम.ररेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले  मधेश प्रदेश सरकारको लोकहितका विज्ञापन एवम् सूचनाहरु प्राप्त गर्नेछ । त्

    • प्रकाशित मितिः असार १६, २०७९
    • १५५ पटक पढिएको
  • मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान

    सिरहा,असार १६ गते । मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गर्दै असार २० गतेका लागि बैठक आह्वान गरिएको जनाएको हो ।प्रदेश सरकारले बजेट घोषणा गरे पनि रातो किताब ९रेड बुक० छपाइ नभएका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको थिएन ।केही प्रदेशमा बजेटमाथि छलफल सकिएर विनियोजन विधेयक पारित भइसके पनि मधेस प्रदेशले भने बजेटमाथि छलफल प्रारम्भ नै गर्न नसकेको हो ।

    • प्रकाशित मितिः असार १६, २०७९
    • ११४ पटक पढिएको
  • सार्वजनिक निकायलाई सुशासनयुक्त बनाउन सूचनाको हक कार्यान्वयन गर्नुपर्छ ः सञ्चारमन्त्री साह

    जनकपुर, १४ असार । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सार्वजनिक निकायलाई सुशासनयुक्त, पारदर्शी र जनताप्रति उत्तरदायि बनाउन सूचनाको हकको प्रभाबकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।  मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित सूचनाको हक प्रबद्र्धनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री साहले सूचनाको हक सार्वजनिक निकायलाई सुशासनयुक्त, पारदर्शी र जनताप्रति उत्तरदायि बनाउने ठुलो हतियार भएकाले यसको प्रभाबकारी कार्यान्वय गर्नुपर्ने बताउनुभयो । सार्वजनिक निकायलाई सुशासनयुक्त, पारदर्शी र जनताप्रति उ

    • प्रकाशित मितिः असार १४, २०७९
    • १४५ पटक पढिएको
  • घरको छतबाट खसेर महिलाको ज्यान गयो

    महोत्तरी,असार १२ गते । गौशलामा घरको छतबाट खसेर एक महिलाको ज्यान गएको छ ।गौाशला नगरपालिका–५ विद्युत कार्यालय नजिक दिनेश यादवको घरमा डेरा गरी बस्ने जलेश्वर नगरपालिका–४, सुगाका निरन्जन महतोकी श्रीमति अन्दाजी वर्ष २६ कि पुनम महतो ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।दुईतल्ले घरको छतमा सुकाई राखेकोे कपडा टिप्ने क्रममा छतबाट खसेको र उनको घटना स्थलमै ज्यान गएको प्रहरी निरीक्षक मिश्रले बताए । घटना बारेमा अनुसन्धान भई रहेको प्रहरी निरीक्षक मिश्रले बताए ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • २०३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२