X wada

मुख्य समाचार

    Showing १,०११-१,०२० of २,९७० items.
  • आलुको बोरामा भेटियो ८४ लाख

    काठमाडौं, असार २२ गते । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवास्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३६ वर्षका ईश्वर मण्डल र १९ वर्षका राजेश मण्डल छन् ।ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपियाँ फेला परेको हो । सशस्त्र प्रहरी नायब सुमन शर्माका अनुसार, सो रकम र मोटरसाइकलसमेत बरामद गरिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • २४६ पटक पढिएको
  • उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालक कारबाहीमा

    काठमाडौं,ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लंघन गर्ने ५० जना रहेका छन् ।यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी

    • प्रकाशित मितिः असार २१, २०७९
    • २१२ पटक पढिएको
  • माओवादी केन्द्रीय कमिटी बैठक आज

    सिरहा,असार २१ गते । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले स्पष्टीकरण दिने भएका हुन् ।  यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् ।सोमबारको बैठकमा  ४६ जना नेताहरूले भाग लिएका थिए । उनीहरुले  स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्ट

    • प्रकाशित मितिः असार २१, २०७९
    • २२५ पटक पढिएको
  • लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

    जनकपुरधाम, असार २१ गते । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियो÷एफएम र अनलाइन सञ्चारमाध्यमलाई मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवं सूचना लोककल्याणकारी विज्ञापनको रूपमा विरतण गर्न लागेको छ ।यसका लागि सञ्चारमाध्यमलाई सूचीकृत गराउन

    • प्रकाशित मितिः असार २१, २०७९
    • २५५ पटक पढिएको
  • नदीकाे कटानले स्थानीय त्रसित

    लाहान, असार २१ गते । सिराहा र सप्तरी जिल्लाको सीमाना रहेको बलान नदीले पश्चिम किनारा लाहान नगरपालिका–२३ कडरिया र तिलेवोनामा तीव्र रुपमा कटान गरिरहेको छ । २० मिटर अझै कटान ग¥यो भने दक्षिणतर्फ बगिरहेको नदी पश्चिमतर्फ बग्न थाल्ने हो कि भन्ने भयले स्थानीयहरु त्रसित छन् । सुख्खा समयमा समेत कटान गरिरहेको बलान नदी वर्षाको समयमा झन् तीव्र रुपमा कटान गर्न थालेपछि तिलोबोना, पोर्ताहा र सिमराहा गाउँका स्थानीयहरु निकै त्रसित भएको स्थानीय मुशहरु यादवले बताउनुभयो । तीन दशक अगाडि पाँच सय मिटर पूर्वतर्फबाट बगिरहेको नदी केही वर्षयता पश्चिमतर्फ कटान तीव्र रुपमा गरिरहेको कटानबाट तिलोबोनाका कृषकहरुको मात्

    • प्रकाशित मितिः असार २१, २०७९
    • २०७ पटक पढिएको
  • बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    काठमाडौं । न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ ।तर, सो प्रतिवेदन सर्वोच्च प्रशासनले दराजमा थन्काएर राख्दै आएको छ । समितिहरूले दिएको सुझाव कार्यान्वयन हुन नसक्दा अहिले पनि न्यायालय बिचौलियाकै घेरामा रहने गरेको र न्यायालयभित्रै न्याय किनबेच हुने गरेको सरोकारवालाको दाबी छ ।कहिले होला सुधार ?पछिल्लोपटक सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले न्यायालयमा व्यापक रूपमा भ्रष्टाचार हुने गरेको र

    • प्रकाशित मितिः असार २०, २०७९
    • १८४ पटक पढिएको
  • सूचना विभागका सम्पूर्ण सेवा अब अनलाइनबाटै

    काठमाडौं, असार २० गते । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोब

    • प्रकाशित मितिः असार २०, २०७९
    • १७५ पटक पढिएको
  • नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

    काठमाडौँ, असार १९ गते ।  वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुनेक्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०ले जनाएको

    • प्रकाशित मितिः असार १९, २०७९
    • २४० पटक पढिएको
  • आत्महत्याको डरलाग्दो तथ्याङ्क

    जलेश्वर, असार १८ गते । महोत्तरीमा आत्महत्याका घटना दिनानुदिन डरलाग्दो रूपमा वृद्धि हुँदै गएका छन् । गएको दुई महिनाकै अन्तरालमा आठ जनाले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । पछिल्लो दुई आर्थिक वर्षमा आत्महत्याको अवस्था झन् भयावह देखिएको छ । यस अवधिमा २२९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घटना दर्ता रहेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार यही असार महिनाको बितेको दुई साताभित्र पाँच जनाले आत्महत्या गरेका छन् भने एक जनाले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । यस्तै गएको जेठ महिनामा ती

    • प्रकाशित मितिः असार १८, २०७९
    • १९४ पटक पढिएको
  • रेल्वे विधेयक, २०७९ सर्वसम्मतले पारित

    सिरहा,असार १८ गते । राष्ट्रिय सभाको बैठकले रेल्वे विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको छ ।शुक्रबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गर्नुभएको थियो ।छलफलमा क्रममा सांसदहरुले विधेयकका उल्लेख केहि बिषयमा संशोधन गर्नुपर्ने बताएका थिए । मन्त्री यादवले निश्चित समयमा ऐन कार्यान्वयनको मापन गर्दै त्यसको जानकारी सदनमा गराउने बताउनुभयो । रेलवे बोर्डको काम कर्तव्य र अधिकारका बिषयमा पनि सांसदहरुले उठाएका बिषयलाई सम्बोधन गर्ने उहाको भनाई । मन्त्री यादवले परिमार्जन गर्दै रेल्वे विधेयकमा पूर्ण बनाउने जिकिर गर्नुभयो ।छलफलपछि बैठकले रेल्वे वि

    • प्रकाशित मितिः असार १८, २०७९
    • २०६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२