राजविराज, ४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज आइतबार सम्पन्न खेलमा भारतको युवा शास्त्री क्लब बिरपुरलाई २–४ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको हो । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली सोमवार मालिथम फुटबल क्लब उदयपुर र लहान एफसी सिरहाबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधर
राजविराज, ३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित साताै मेयरकप २०८२ फुटबल प्रतियोगितामा प्राेगेसिभ एफसी ओद्राहा सप्तरीले सुरुवात गरेको छ । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न खेलमा उद्घाटन खेलमा माेतीराम क्लब माेरङ बिराटनगरलाई ०-३ गाेल अन्तरले पराजित गर्दै ओद्राहा सप्तरीले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोली आइतवार युवा शास्त्री फुटबल क्लब बिरपुर बिहार र शम्भुनाथ नगरपालिका शम्भुनाथ सप्तरीबीच प्रतिष
राजविराज, २ माघ । सप्तरीको खडक नगरपालिका ३ बनरभुल्लास्थित कमलेश्वरी झोलाई माध्यमिक विद्यालयको खेलमैदान आज शुक्रवारदेखि खडक नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सतौन स्मृति ट्रष्ट सप्तरीद्वारा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिताको शुक्रवार सम्पन्न उद्घाटन खेलमा वडा नम्बर ५ बिजयी भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर ८ लाई ट्राईब्रेकरमा ६–७ गोल अन्तरले पराजित गर्दै एफसी खडक वडा नम्बर ५ ले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो । निर्धारित समयसम्म दुबै टीमले एक÷एक गोलको बराबरी खेलपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो ।, प्रतियोगिता अन्तर्गत भोली शनिवारको
सिरहा, पुस २२ गते । थारुको राष्ट्रिय पर्व माघीमहोत्सवको अवसरमा सिरहाको लहान नगरपालिका वडा नं. २२ स्थित बर्छवा धाँती फुटबल खेल मैदानमा आयोजना गरिएको १५ औँ पञ्च शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मलिथम फुटबल क्लब उदयपुरले भिमवान फुटबल क्लब फतेपुर लाई २–० गोल अन्तरले पराजित गरेको छ ।खेलको सुरुआतदेखि नै आक्रामक देखिएको मलिथम फुटबल क्लबले उत्कृष्ट टिमवर्क र अनुशासित खेल प्रदर्शन गर्दै विपक्षी टिममाथि दबाब सिर्जना गरेको थियो । खेलको पहिलो हाफमै मलिथमले दुई महत्वपूर्ण गोल गर्दै अग्रता बनाएको थियो । ती गोलहरूले भिमवान फुटबल क्लबलाई खेलमा फर्किन कठिन भएको थियो । दोस्रो हाफमा भिमवानले गोल फर्काउने
राजबिराज, १५ पुस । राजबिराजमा सञ्चालित ईन्डाे नेेपाल मैत्रीपुर्ण तिनदिवसिय सिरिजमा सप्तरीले २-० काे अग्रता लिएकाे छ । सप्तरी क्रिकेट संघकाे आयाेजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत आज मंगलवार सम्पन्न दाेस्राे खेलमा युपीकाे पिके एकेडमीलाई ३४ रनले पराजित गर्दै सप्तरीले सिरिज हात पारेकाे हाे। स्थानिय पविमाबि क्रिकेट मैदान राजबिराजमा टस हारेर पहिलाे ब्याटिङ गरेकाे सप्तरीले ३३ अाेभरमा सबै बिकेट गुमाएर २ सय २२ काे याेगफल खडा गरेकाे थियो।सप्तरीका निमेेश मण्डलले उत्कृष्ट ब्याटिंग गर्दै ७९ रन बनाएका थिए भने गाेपाल मण्डलले ५९ रन र भिम यादबले ३३ रनकाे याेगदान दिएका थिए। बलिंग तर्फ पिकेका ध्रुव पुण्ड
सिरहा,कार्तिक २ गते । दीपावली तथा छठ पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिकामा वडा नं. ४ जयपुरमा आयोजित नगरस्तरीय फुटबल टुर्नामेन्टमा वडा नं. ९ विजयी भएको छ । विजयी टिमलाई प्रमुख अतिथि धनगढीमाईमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले नगद पच्चीस हजारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसंैगरी खेलमा द्वितीय हुने वडा नं. १० का खेलाडीलाई पन्द्र हजार नगद सहित शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको छ । दुवै वडाले खेलमा बराबरी भएपछि खेलाईएको ट्राईबेकर खेलमा पाँचका विरुद्ध तीन गोलले वडा नं. ९ विजयी भएको थियो ।प्रमाणपत्र वितरण गदै प्रमुख अतिथि चौधरीले खेल पनि एउटा विकास हो भन्ने ब
सिरहा, असोज ५ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ९ निर्मल लामा कभर्ड हलमा जारी प्रथम महिला फुटवल प्रतियागितामा एभरेष्ट एकेडेमी टिम सर्लाही विजय भएको छ । भव्सी एकेडेमी टिम महोत्तरीलाई तीन गोलका विरुद्ध एक गोलले सर्लाही टिम प्रथम भएका हुन् । प्रथम हुने एभरेष्ट एकेडेमी टिम सर्लाहीलाई एकाउन्न हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र द्वितिय हुने भव्सी एकेडेमी टिम महोत्तरीलाई पैतिस हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र र नगद पैतिस हजार सहित आयोजकले प्रदान गरेका हुन् ।धनगढी फुटवल टिम सिरहाद्वारा भदौ २० गते देखि शुरु भएको प्रथम महिला गोल्डकपमा प्रतियोगितामा मधेश प्रदेश, कोशी प्रदेशका स
राजविराज, २४ बैशाख । सप्तरी सरदमुकाम राजविराजमा यही बैशाख २७ गते शनिवार क्रिकेट खेलाडीहरुका लागि ‘‘बेइट द स्पीड” क्रिकेट क्यापेन आयोजना गरिने भएको छ ।नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको आयोजनामा राजविराजस्थित पब्लिक बिन्देश्वरी स्कुलमा आयोजना हुने सो क्यापेनमा क्रिकेटका बलरहरुलाई आफ्नो बलिङ प्रतिभा प्रदर्शन गर्ने जनाएको छ । शनिवार दिउँसो ४ बजेबाट आयोजना हुने सो क्याम्पेन राजविराजका क्रिकेट खेलाडीहरुका लागि ठूलो अवसर भएकोले सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न वल्र्डलिङ्क कम्युनिकेसन्सले आग्रह गरेको छ ।
राजविराज, १० माघ । आयोजक सन्यासी युवा क्लब पोखरिया सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज बिहीवार सम्पन्न सेमिफाइनलमा फ्युजन फुटबल टिम उदयपुरलाई शन्युका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक सन्यासी क्लब उपाधी नजिक पुगेको हो । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली शुक्रवार दोश्रो सेमिफाइनलमा त्रियुगा स्पोर्टस क्लब फत्तेप्ुर सप्तरी र पिडरबोनी
राजविराज, ८ माघ । आयोजक सन्यासी युवा क्लब पोखरिया सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत आज मंगलवार सम्पन्न खेलमा स्पोर्टस एकेडेमी बिराटनगर मोरङ्गलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक सन्यासी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको पहिलो हाफको २७ औं मिनेटमा सन्यासी क्लबका जर्सी नम्बर ६ का खेलाडीले गोल गरी टिम
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.