सिरहा,माघ १७ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९१ हजार ८ सय तोकिएको छ। अधिल्लो दिन पहेँलो सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३ सय छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २४०मा आएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।
सिरहा,माघ १७ गते – धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारमा निर्माणाधिन धनुषा आयल स्टोर्स ,पेट्रोल पम्पका म्यानेजर भुपेन्द्र राईलाई अज्ञात समूहले निर्घात रुपमा कुटपिट गरेको छ ।आइतबार दिउंसो सात वटा मोटरसाइकलमा तीन÷तीन जना सवार भइ आएका व्यक्तिहरुले गाली गलौज गर्दै म्यानेजर राइलाई ईट्टाले प्रहार गरेको पप्मका संचालक तथा पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले बताए । उनले भने,‘ पप्मको उद्घाटन नहुँदै प्रत्येक दिन गुण्डा तत्वहरुले कहिले पेट्रोल माग्न आउने त कहिले पाँच÷दश हजार नगद माग गर्ने गरेको थियो, गुण्डागर्दी गर्दै धाकधम्की दिँदै आएको थियो ।’ कुटपिटमा राईको मुख र
चितवन, माघ १७ गते – यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् ।उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउनुभयो । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु।सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ ।उहाँका अनुसार हाल दूधको मू
कलैया,माघ १७ गते – बारा जिल्ला जिल्लाको कोल्हवी नगरपालिका–६ कुमरगढी गाउंमा एउटा यात्रुबाहक बसमा आगजनी गरिएको छ ।स्थानीय छठिघाट पार्किङ गरी राखिएको ना. ७ ख ३५३५ नम्बरको बसमा आगजनी गरिएको हो । स्थानीय शिक्षक तेजप्रकाश चौधरीको बसमा अज्ञात समूहले आगजनी गरेको स्थानीय वासिन्दाहरुले बताए । स्थानीय गाउंदेखि वीरगञ्जसम्म सञ्चालन हुँदै आएको सो बसमा कसले र किन आगजनी गरेको हो भन्नेबारे केही पनि खुल्न नसकेको पीडित शिक्षक चौधरीले बताए । स्थानीय शिक्षक श्री राम साहले छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको बताए ।अगजनीमा परी बसको सबै भाग पूर्ण रुपले जलेको बता
वीरगञ्ज, माघ १४ गते– देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ।आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो। त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ।
सिरहा,माघ १४ गते – सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्
सिरहा,माघ १४ गते – नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरंजन झाले मनोमानी तरिकाले पुराना तालिमप्राप्त कर्मचारीहरुसंग अन्याय गरेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाम स्थित कार्यालयमा तालाबन्दी गरेको छ ।करिब दुई सातदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र ,तालिम स्थलमा विरोध प्रदर्शनको कार्यक्रम गर्दै आएका पुराना कर्मचारीहरुले विहीबारदेखि दोश्रो चरणको आन्दोलन सुरु गरेका छन् । समिति आवद्ध दिलिप साहले विगत १५ दिन देखि धर्ना प्रदर्शन गर्दै आए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारीले जिएम
सिरहा,माघ १४ गते – सरकारी कार्यालय किर्ते कागजात तयार पारी लाखौंको ठगी गरेका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।धनौजी गाउँपालिका–१का सतार मियाँको २५ वर्षीय छोरा शहादत राईनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राइनले सोही ठाउँका १९ वर्षीय बब्लु पासमान , २० वर्षीय पारस कुमार पासवान र दिपेश कुमार पासमानको नाउँको सडक डिभिजन कार्यालयको सुपरभाईजर पदको नियुक्ती पत्र,मासिक तलब र सो पद सम्बन्धी उम्मेदवारको समझौता पत्र सडक डिभिजन जनकपुर प्रदेश–२ को लेटर प्याड तयार गरी सो प्याडमा सरकारी दस्तखत छाप किर्ते गरी तीनै जना संग २ लाखको दरले रकम ठगी गरेको प्रहरीको अनुसन्धानमा ख
सिरहा,माघ १३ गते – राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना. ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।सो क्रममा प्रहरीले ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप
सिरहा,माघ १३ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो ।त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्र
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.