X wada

आर्थिक

    Showing ११-२० of ५४८ items.
  • अबैध माछा नष्ट

    सिरहा,चैत्र ५ गते । सशस्त्र सिमा सुरक्षा वल बरियारपट्टीले आज अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै प्रतिवन्धित माछा (मुर्गी) बरामद गरी नष्ट गरेको छ ।सिरहा जिल्ला बरिपट्टी गा.पा.३ चमारटोल स्थित सिमा ईलाकामा स.प्र.वल नेपाल विओपी बरियारपट्टीबाट स.प्र.ना.नि.राम अयोध्या महतोको सहित ४ जनाको कमाण्डमा खटिएको चेक प्वाईन्ट टोलीले भारतबाट मुङ्गर्गी माछा ल्याउदै गरेको अबस्थामा बरामद गरी वडा अध्यक्ष विनोद कुमार यादबको रोहबरमा एक सय किलो माछा पक्राउ गरी नष्ट गरेको सशस्त्र निरिक्षक शंकर बहादुर थापाले जनाईएको छ । माछा ब्यपारीहरुले अबैध रुपमा भारतबाट अबैध रुपमा लुकीछिपि माछा तस्करी गरी नेपालका बजारमा विक्

    • प्रकाशित मितिः चैत ५, २०८१
    • १,२३१ पटक पढिएको
  • चोरीको आरोपमा पक्राउ परेकाको साथबाट नक्कली नोट बरामद

    सिरहा,असोज २९ गते । प्रहरीले रौतहटका छुट्टाछुट्टै स्थानबाट नक्कली नोट र लागु औषधसहित एक–एक जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार चोरीको अभियोगमा पक्राउ परेका परोहा नगरपालिका वडा २, जिङगडवा टोल बस्ने १९ वर्षीय अभिषेक कुमार यादवको साथबाट नेपाली नक्कली नोट बरामद भएको हो । आइतबार राति अढाई बजेको समयमा  परोहा–४, हवारी चोकस्थित इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी भएको थियो । पक्राउ परेका अभिषेक लगायत ३ जनाले चोरी गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको टोलीले आरोपित अभिषेकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका अ

    • प्रकाशित मितिः असोज २९, २०८१
    • १,१०० पटक पढिएको
  • करोडौँको सुन बरामदपछि प्रहरी पनि शंकाको घेरामा

    सिरहा,असोज २० गते । नेपाल–भारतको खुल्ला सीमा नाकाका कारण धनुषाबाट करोडौँ मूल्य बराबरको सुन तस्करी हुँदै आएको रहस्य खुलेको छ । भारतमा नेपालभन्दा १८ हजार रुपैयाँले प्रति तोला सुन सस्तो भएका कारण सुन तस्करी बढेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट ११ करोड रुपैयाँभन्दा बढीको सुन बरामद भए पछि जनकपुरधामबाटै सुन तस्करी हुने गरेको रहस्य खुलेको हो । मकवानुपरको हेटौँडा–१५ स्थित रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मकवानपुर प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहे

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ६३६ पटक पढिएको
  • तीनजना अनसनकारी अस्वस्थ

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • १,७२९ पटक पढिएको
  • पेट्रोल र डिजेलको भाउ घट्यो

    सिरह,श्रावण ३२ गते । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ।  निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोल

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ५०५ पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

    सिरहा,श्रावण  ९ गते । त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ५९३ पटक पढिएको
  • बेकरी लेबुलिङ सम्बन्धी अभ्यास कार्यक्रम सम्पन्न

    राजविराज, ७ असार । बेकरी व्यवसायीहरुलाई  खाद्य स्वच्छता तथा लेबुलिङ सम्बन्धी एक दिने अभ्यास कार्यक्रम राजविराजमा शुक्रवार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको आयोजनामा सम्पन्न कार्यशालामा सप्तरी र सिरहाका २५ जना बेकरी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख बिक्रम लिम्बु र खाद्य निरीक्षक राजिन बुढाथोकीले बेकरी उद्योगमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने मापदण्ड, तरिका, अनिवार्य लेबुलिङ विधि बारे प्रशिक्षण दिनुभयो । सो अवसरमा सहभागी बेकरी व्यवसायीहरुलाई बेकरीमा लेबल

    • प्रकाशित मितिः असार ७, २०८१
    • ६०५ पटक पढिएको
  • जलउपभोक्ता समितिहरु गठन भएसँगै सिंचाई प्रणालीमा सुधार

    जनकपुर, ४ असार । कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषाले लामो समयदेखि समितिबहीन रहेको पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन भएसँगै सिंचाई प्रणालीमा सुधार आएको छ ।  समितिहरु निष्क्रिय भएपछि अस्तव्यस्त भएको सिंचाई प्रणालीमा सुधार ल्याउन सो कार्यालयले लोकतान्त्रिक विधि प्रक्रियाद्वारा पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन गरेको हो । सो नहर प्रणाली अन्तर्गत प्रशाखा, शाखा र मूल समिति गरी ६० वटा समिति छन् । ती सबै समितिमा निर्वाचन प्रक्रियाद्वारा समितिहरुमा पदाधिकारी चयन गरिएको कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषा प्र

    • प्रकाशित मितिः असार ३, २०८१
    • ६४३ पटक पढिएको
  • सामुहिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै हरवा चरवा महिला

    शम्भुनाथ (सप्तरी), १ असार । विहान नहुँदै हातमा कुटो कोदालो बोकेर सप्तरीको शम्भुनाथ नगरपालिका ७ भगवतपुर टोलका कलरीदेवी सदा खेतमा पुग्नुहुन्छ । विहानको करिब तीन घण्टा खेतमा काम गरेपछि घरको दैनिक कामकाजमा व्यस्त हुन्छ उहाँ ।  कुनै बेला फुर्सदिला भएर त्यतिकै गाउँका महिलाहरुसँग अनावश्यक गफिएर बस्ने कलरीदेवीलाई अचेल एकछिन बसेर गफिन फुर्सद छैन् । ‘‘के गर्नु बसेर कसैले दुई पैसा दिने होईन्, त्यसैले अहिले खेतीबारीमा व्यस्त हुन्छु”, कलरीदेवी भन्नुहुन्छ‘‘गाउँका साहुसँग लिजमा जग्गा लिएर खेतीपाती गर्न थालेकी छु ।” यसबाट परिवारको गुजारा चलाउन पनि सहज भएको छ र आम्दानी पनि राम्रै भईहाल्छ, उहाँ भन्नुहुन्छ

    • प्रकाशित मितिः असार १, २०८१
    • ४२५ पटक पढिएको
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

     सिरहा,जेष्ठ ३० गते ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ४४२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२