X wada

आर्थिक

    Showing १७१-१८० of ५४८ items.
  • एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ

    काठमाडौं,फागुन १५ गते – काठमाडौं महानगरपालिका १, नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भवनमा रहेको एनआईसी एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल ७ घर भएका २१ वर्षीय आकाश तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ११७ पटक पढिएको
  • जलेश्वरमा शिव आगमनको आभास

    महोत्तरी,फागुन १५ गते –  शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ ।  कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’( जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गर्नुभएको हो )।   महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले  मन्दिर सिँगार्ने काममा दर्जनाँ कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा शिवभक्तिका गीतसङ्ग

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १४६ पटक पढिएको
  • ३५ लाखभन्दा बढी रुपैयाँ खर्च गरेर भण्डारा

    सिरहा,फाल्गुन १५ गते । मधेसमा कसैको निधन, विवाह, पूजापाठ र अन्य कार्यक्रममा भोज (भण्डारा) गर्ने चलन छ । अहिलेको समयमा सय र दुई सय साधुसन्तलाई भण्डारा खुवाउन मुस्किल पर्छ । तर सिरहाको औरही गाउँपालिका ३ तुलसीपुरमा एक साधुले ५२ मण्डलका साधुसन्तलाई भण्डारा गरेका छन् ।साधु विष्णु दास बावा र उनका सहयोगी भागरथ दास ९राजीव ठाकुर०ले यति ठूलो भण्डारा गरेर धेरैलाई चकित पारेका हुन् । तुलसीपुरको गागन नदी किनारमा एउटा राधाकृष्ण मन्दिर छ । त्यहाँ ति बाबाले १५ दिने श्री श्री १००८ श्री विष्णु महायज्ञको आयोजना गरेका थिए । महायज्ञको अन्तिम दिन शनिवारमा विशाल भण्डाराको आरोपना गरेको थियो ।भण्डारामा ५२ मण्डलीका करिब

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • २७२ पटक पढिएको
  • बजारमा दुधको फरक–फरक मूल्य

    जनकपुर,फाल्गुन १५ गते । मधेस प्रदेशको राजधानी जनकपुरमा दुधको मूल्यमा एकरुपता पाइँदैन । बजारमा फरक–फरक मूल्यमा दुध पाइने गरेको उपभोक्ता बताउँछन् । व्यापारीहरुले मूल्यमा एकरुपता नदेखिनुमा गुणस्तर र शुद्धता मुख्य कारक रहेको तर्क गर्दै आएका छन् । बढी मूल्यमा दुध बेच्दै आएका व्यवसायीले आफूहरुले शुद्ध दुध बेच्ने गरेको दाबी गर्दै आएका छन् भने तुलनात्मक रुपमा केही सस्तोमा दुध विक्री गर्दै आएका व्यवसायीहरु भने बजारमा पानी नमिसाएको दुध नै नपाइने दाबी गर्दछन् ।जतिसुकै मूल्य तिरे पनि शुद्ध दुध नपाइने महोत्तरी गाउँपालिका वडा नम्बर १, पर्सा बस्ने सर्वोत्तम ठाकुर बताउँछन् । उनले भने, ‘दुध बेच्नेले ८० रुपैयाँ

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३७ पटक पढिएको
  • गौर राइस मिलको जग्गाको नक्कली कागजात बनाउनेमाथि कारवाही भएन

    रौतहट,फागुन १५ गते – गौर राइस मिलको जग्गाको बिक्री गर्ने प्रयोजनका लागि नक्कली कागजात सिफारिस गर्नेमाथि स्थानीय प्रहरी प्रसाशनले हाल सम्म कारवाही अघि बढाउन सकेको छैन ।सार्वजनिक रुपमा प्रयोग हुँदै आएको मिलको नाउंमा दर्ता रहेको ५ विघा १९ कठ्ठा १५ धुर जग्गाको मालपोत रजिष्ट्रेशन प्रक्रियाको लागि गौर नगरपालिका– १ का वडा सचिवले वडा नम्बर ३ का वडा सदस्य लाल महमदको दवावमा किर्ते घर बाटो प्रमाणितको कागजात तयार पारेको सार्वजनिक रुपमा स्वीकार गरे पनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसाशन कार्यालय रौतहटले कुनै कारवाही अगाडि बढाएको छैन । गौर नपा–१ का वडा सचिव विनोद पासवानले रक्सी खाएको बेला झुक्याएर सिफा

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १२३ पटक पढिएको
  • ‘फोहोर प्लाष्टिकुबाट मासिक पचास हजार कमाइ

    उर्लाबारी,फाल्गुन १५ गते । मध्य फागुन भए पनि पश्चिमको चिसो सिरेटोले औसत मानिस बिहान १० बजेभन्दा अघि काममा निस्कँदैनन् । ‘भारतमा काम नपाएर बेरोजगार बन्नुभएका मोहम्मद असरफुललाई चिसोको वास्तै हुँदैन । असरफुल बिहानै पूर्व–पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लाष्टिक र टिनका बोतल सङ्कलन गरेर बोरामा खाँद्दै हुनुहुन्थ्यो । “सरकारले रोजगार दिँदैन । ९ जनाको परिवार छ । बिहान–बेलुका खुवाउनै प(यो” मोरङको कानेपोखरी बजारबाट थोरै पूर्वपट्टिको वरको रुखमुनि बसेर प्लाष्टिकका थोत्रा बोतल बोरामा हाल्दै भारतीय नागरिक मोहम्मद असरफूलले भन्नुभयो ।असरफूल आफ्ना तीन सन्तानका साथ विगत ३ वर्ष यता पूर्व–पश्चिम राजमार्गक

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३७ पटक पढिएको
  • झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन

    झापा,फागुन १४ गते – झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ । झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ । बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए । “बजारमा बेथिति नबढोस् र व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रुपमा बढाएका छौँ”, अनुगमन समितिका संयोजक न्यौपानेले भने, “कहिलेकाहीँ मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको छ, तर हामी बजारमा उपभोक्त

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १५० पटक पढिएको
  • सहकारीको ब्याज १६ प्रतिशत

    काठमाडौं,फागुन १४ गते –  सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ। यसअघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो।बैंक तथा वित्तीय संस्थामा निक्षेप तथा कर्जाको ब्याज बढेसँगै सहकारीको पनि ब्याज बढाइएको हो। वाणिज्य बैंकको औसत ब्याजदर १४.७२, विकास बैंकको १७।२७ र फाइनान्सको १६.१७ को आधार लिँदा सहकारीको औसत ब्याजदर १५ प्रतिशत निस्किएको थियो। औसत ब्याजमा  १० प्रतिशत थप्न सकिने प्रावधानअनुसार १६ प्रतिशत कायम गरिएको नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले बताए। बैंकहरूको ब्याजदर बढेसँगै सहकारीले पनि ब्याज बढाउन दबब दिदैँ आएका थिए। ब्याजदर निर्धारण समिति र प्राविधिक समितिको बैठकपछि शुक्रबार ब्

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १२५ पटक पढिएको
  • महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार खरेललाई

    काठमाडौं,फागुन १४ गते –  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। निधिको १००औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले खरेललाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको हो। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई पुरस्कार प्रदान गरिन्। राष्ट्रपति भण्डारीले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेकी छन्। यसैगरी यस वर्षको प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्व

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • २३० पटक पढिएको
  • सुनको मूल्यमा गिराबट

    सिरहा,फागुन १३ गते – सुनचाँदी बजारमा आज ९शुक्रवार० छापावाल सुनको मूल्य प्रतितोला १ हजारले घटेर ९८ हजार तोकिएको छ। पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियोे ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज ९शुक्रवार० तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार ५ सय तोकिएको छ । बिहीवार यसको मूल्य प्रतितोला ९८ हजार ५ सय थियो

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२