सर्लाही, फागुन २५ गते – उखु अभाव भएपछि सर्लाहीका दुईवटा चिनी उद्योग यो वर्ष बेलैमा बन्द भएका छन् । जिल्लाको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल छोटो समय सञ्चालन भएर बन्द भएका हुन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको महालक्ष्मी चिनी उद्योग बगदह यो वर्ष आठ लाख ३८ हजार क्विन्टल उखु पेलेर सोमबारदेखि बन्द गरिएको उद्योगका उखु प्रबन्धक सियाराम साहले जानकारी दिनुभयो ।उद्योगले यो वर्ष १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु नपाएपछि लक्ष्य पूरा नभई उद्योग बन्द गर्नुपरेको उद्योगका उखु प्रबन्धक साहले बताउनुभयो । उद्योगले माघ १६ गतेसम्म किसानबाट खरिद गरिएको उखुको भ
तुलसीपुर,फागुन २५ गते – कात्तिक मङ्सिरमा मह उत्पादन कम भएर मर्कामा परेका किसानलाई यस पटकको फागुने तोरीले भने राहत दिएको छ । यो वर्ष पानी धेरै परेकाले यहाँ तोरी बाली फस्टाएको छ । यस क्षेत्रका अधिकांश किसानले तोरी खेती गरेकाले मह उत्पादन वृद्वि भएको हो ।दुई दशकदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएका तुलसीपुर उपमहानगरपालिका–७ का किसान चेतमान भण्डारीले अघिल्लो वर्षको तुलनामा यो वर्ष मह उत्पादन दोब्बर हुने बताउनुभयो । यो वर्ष फागुनको तेस्रो सातासम्म प्रतिघार ४० केजी मह उत्पादन भइसकेको छ । अझै तोरीबाटै एक पटक र चैत वैशाखमा महिनामा चिउरी, रुदिलोबाट एकपटक मह काढ्न सकिने भण्डारीले बताउनुभयो, उहाँसँग
एजेन्सी, फागुन २४ गते – अहिले नेपालमा पेट्रोले प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यो मूल्यले बेच्दा पनि नेपाल आयल निगम घाटामा छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० पुग्दा यो स्थिति छ भने ३०० डलर पुगे के होला रु अमेरिका र रुसबीच यसरी नै टकराव बढ्दै गएमा कच्चा तेलको मूल्य ३०० डलर पुग्ने देखिएको छ । त्यतिबेला नेपालमा पेट्रोलको मूल्य प्रति लिटर ३०० रुपैयाँले नाघ्न सक्छ ।अमेरिका र यूरोपेली यूनीयनले रुसी तेलमाथि प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले ग्याँस रोक्ने चेतावनी दिएको छ । रुसले यूरोपेली यूनीयनका देशहरु जर्मनीलगायतमा ग्याँस रोक्ने चेतावनी दिएको हो । यसले तेल र ग्याँस दुवैको मूल्य ह्
सिरहा,फागुन २४ गते – धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। मिथिला वाइल्ड लाईफ ट्रष्ट धनुषा र लिली फाउण्डेसन काठमाडौंको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो। पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको मिथिला वाइल्ड लाईफ ट्रष्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए। ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो। त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ। अब यी बालबालिकाको पठनपाठन सहज हुने व
काठमाडौं, फागुन २४ गते – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल नानो युरिया मल बिक्री वितरणका लागि अनुमति दिएको छ ।यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइनेमा अब झोल युरिया मल पनि ल्याउन पाइने कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नानो युरिया मल प्रयोग गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।नानो युरिया मललाई नेपालमा आयात र प्रयोग गर्न अनुमति दिइएको र सूचीकृत गरिएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ ।राजपत्रमा उल्लेख भएबमोजिम हालसम्म नेपालमा ५२ प
काठमाडौं, फागुन २४ गते – नेपाल राष्ट्र बैङ्कले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ । सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । यसको माथिल्लो भागमा अङ्ग्रेजी अक्षरमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा रुपैँया १ लेखिएको छ ।
सिरहा,फागुन २४ गते – नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न निगमले आन्तरिक र बाह्य दुवैतर्फका खर्च कटौती गर्न लागेको हो ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आएपछि निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रेताले पाउने कमिसन कटौती गर्ने निर्णय गरेको हो । निर्णयअनुसार ढुवानीकर्ता तथा बिक्रेताले प्रतिशतका आधारमा पाउने कमिसनलाई भने यथावत् राखिनेछ । यसको अर्थ माघ ७ गते बसेको बोर्डको बैठकअनुसार एक लिटर पेट्रोल बेचेबापत बिक्रेताले
सिरहा,फागुन २३ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९०० पुगेको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन आज एकैदिन प्रतिताला दुई हजारले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ। सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ
काठमाडौं,फागुन २३ गते – सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ। युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली एघारौं संशोधन गर्दै युट्युबलगायत इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो। युट्युब सञ्चालन गर्न ५ लाख रुपैँया चाहिने र इजाजत लिनुअघि उपभोक्ताको उमेर बर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ।बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ’यु’ रेटिङ, १० वर
तनहुँ,फागुन २२ गते – दमौली बजारस्थित भोलेटार चोकमा लागेको आगो नियन्त्रणमा आएको छ। करिब ५ घन्टापछि आगो नियन्त्रणमा आएको हो। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर आगलागी भएको थियो। आगो लागेको थाहा पाउने वित्तिकै जनप्रतिनिधि एवं नेपाल सरकारका श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) दमौली पुगेका थिए। आगलागी नियन्त्रणका लागि काठमाडौंमाबाट सिम्रिक एयरको हेलिकोप्टर दमौली गएको थियो। फायर फाइटिङसहितको सिम्रिक एयरको ९ एन ए जे जेड कलसाइनको सिम्रिक एयरको हेलिकोप्टरका चालकमा सुरेन्द्र पौडेल र राजेन्द्र दुवाल थिए। हेलिकोप्टरले स्थानीय मादी खोलाबाट
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.