X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing १२१-१३० of १३२ items.
  • घरेलु हिंसाको आरोपमा पूर्वअष्ट्रेलियन क्रिकेट खेलाडी पक्राउ

    सिड्नी,कार्तिक ३ गते–पूर्वअष्ट्रेलियन क्रिकेट खेलाडी माइकल स्लेटर पक्राउ परेका छन् । उनी घरेलु हिंसाको आरोपमा सिड्नीस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । ५१ वर्षीय क्रिकेट ुकमेन्टेटरु लाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको बुधबार प्रकाशित स्थानीय मिडियामा खबर छ ।गत हप्ता माइकलले घरेलु हिंसा गरेको न्यु साउथ वेल्स प्रहरीले पुष्टि गरेको छ । उनीमाथि हाल कुनै कारबाही अघि नबडाएको समेत प्रहरीले जनाएको छ । यद्यपि, आरोपित स्लेटरले भने घटनाबारे मुख खोलेका छैनन्। पूर्वब्याट्सम्यानसमेत रहेका स्लेटर सन् १९९३ देखि २००१ सम्ममा अष्ट्रेलियन क्रिकेट टिममा आवद्ध थिए। उनले करिब ७४ वटा टेस्ट म्याच खेलेका थिए

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १४२ पटक पढिएको
  • क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

    प्योङयाङ,कार्तिक ३–गते उत्तर कोरियाले मंगलबार बिहान गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ। उत्तर कोरियाले मंगलबार बिहानै पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन जापानको सामुद्रिक क्षेत्रमा खसेको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पनडुब्बीबाट गरिएको सो क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाले दाबी गरेको छ। उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल परिक्षण गरिएको दाबी गरेको छ। आफ्नो पछिल्लो क्षेप्यास्त्रलाई कसैले पनि ट्रयाक गर्न नसक्ने समेत उत्तर कोरियाले भनेको छ। पछिल्ला दिनहरुमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई तीब्र बनाएको छ। निकै शक्तिशाली मानिएको हाइप

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ११७ पटक पढिएको
  • अमेरिकामा धनुषाका महासेठको गोली हानेर हत्या

    काठमाडौं,कार्तिक २ गते– अमेरिकामा एक नेपालीको गोली हानेर हत्या भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको हत्या भएको हो।अमेरिकाको फल रिभरको म्याचुस्टरमा जेनरल स्टोर सञ्चालन गर्दै आइरेहका महासेठको गएराति उनको पसलमै हत्या भएको मधेशी एसोसिएन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले जानकारी दिए।अमेरिकी समयअनुसार गए राति ९ बजे पसलमै रहेका बेला अज्ञात व्यक्तिहरूको एक समूहले गोली हानेर उनको हत्या गरेको साहले बताए।महासेठको हत्या कसले र किन गरेको यसबारे खुल्न सकेको छैन। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।महासेठ गएको १५ वर्षदेखि परिवारसहित अमेरिक

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १९४ पटक पढिएको
  • छोरीले आफूखुसी बिहे गरेको भन्दै बावुले परिवारका ७ सदस्यलाई ज्युँदै जलाइदिए

    इस्लामावाद,कार्तिक२ गते–पाकिस्तानमा एक बावुले छोरीले आफ्नो इच्छाअनुसार बिहे नगरेको भन्दै परिवारका सात सदस्यलाई ज्युँदै जलाइ दिएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले आफ्नै परिवारका सात सदस्यलाई ज्युदै जलाइ दिएका हुन् ।सो घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार मन्जुर हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीसहित आफ्नै परिवारका सातजनालाई ज्युँदै जलाएका हुन् । हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेक

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ८९ पटक पढिएको
  • भारतविरुद्धको फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

    काठमाडौं , असोज ३० गते  । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ ।साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गु

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • २१८ पटक पढिएको
  • चेन्नई सुपर किंग्सले चौथो पटक जित्यो आईपीएलको उपाधी

    काठमाडौँ ,असोज ३० गते ।  इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ संस्करणको उपाधी चेन्नई सुपर किंग्सले जितेको छ । शुक्रबार राती कोलकत्ता नाइटराईडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथो पटक आईपीएलको उपाधी हात पारेको हो ।युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनायो । १९३ रनको चुनौति पच्छ्याउँदै मैदानमा उत्रिएको कोलकत्ता २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनमै समेटियो ।कोलकत्ताको ओपिनिङ राम्रो रहेको थियो । पहिलो विकेटका लागि बैंकटेस ऐय्यर र सुभमन गिलले ९१ रनको साझेदारी गरे । सोक्रममा ऐय्यरले ३२ बलमा ५ चौका र ३ छक

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १६२ पटक पढिएको
  • नेपालसँग इतिहास रच्ने अवसर

    सिरहा–नेपाल र भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दैछन् । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको थियो । पहिलो खेलमा १० खेलाडीमा सीमित बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकियो । प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतले त्यसपछि भने नेपाल र माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा प

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १२६ पटक पढिएको
  • भारतको उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

    काठमाडौं । ३० असोज,  भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् ।समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • ९८ पटक पढिएको
  • अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती हमला, ४७ जनाको मृत्यु, ७० घाइते

    काठमाडौं । ३० असोज, अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसाहरु फुटेका र शवहरु भुइँमा यत्रतत्र छरिएको देख

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • ११३ पटक पढिएको
  • नेपाल- भारत सीमानाका २४ घण्टा बन्द

    सिरहा,असोज २९ गते । कपिलवस्तुस्थित नेपाल र भारतबीचको सीमानाका २४ घण्टा बन्द हुने भएको छ । बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक बसि २४ घण्टा सीमा बन्द गर्ने निर्णय गरेको हो ।जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेको थियो । सो बैठकमा सीमानाका बन्द गर्ने निर्णय भएको छ ।बडादशैंको अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार र शनिबार गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डर

    • प्रकाशित मितिः असोज २९, २०७८
    • २६४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२