X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing १११-१२० of १३२ items.
  • टी–२० विश्वकपःश्रीलंका समूह विजेता

    काठमाडौं,कर्तिक ६ गते । नेदरल्याण्ड्सलाई पराजित गर्दै श्रीलंका समूह विजेता बनेर आईसीसी टी(२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।पहिलो चरणअन्तर्गत समूह ए को अन्तिम खेलमा श्रीलंकाले शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको हो ।श्रीलंका लगातार तेस्रो जित्दै समूह ए को विजेता बनेको हो । यस समूहबाट नामिबिया दुई खेल जित्दै उपविजेता बन्दै सुपर १२ मा पुगेको छ ।दोस्रो चरणमा श्रीलंका ग्रुप एक मा परेको छ । यस समूहमा अष्ट्रेलिया, दक्षिण अफ्रिमा, इंग्ल्याण्ड, वेष्ट इन्डिज र बंगलादेश छन् ।शारजहाँमा नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७।१ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍य

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १३२ पटक पढिएको
  • अमेरिकीसहित १० राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी्

    सिरहा,कार्तिक ५ गते  । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिएका छन् ।टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको समर्थनमा संयुक्त विज्ञप्ति निकालेपछि एर्दोगानले उनीहरुलाई देश निकाला गर्ने चेतावनी दिएका हुन् ।‘मैले हाम्रो मुलुकमा उनीहरुलाई राख्न सक्दैनौं भनेर हाम्रा विदेशमन्त्रीलाई बताएको छु’, एर्दोगानलाई उदृत गर्दै टर्किस मिडियाले लेखेका छन् ।सोमबार पश्चिमा मुलुकका १० राजदूतले संयुक्त विज्ञप्ति जारी गरेका थिए । बिरलै जारी हुने संयुक्त विज्ञप्तिमा समाजसेवी एवं अभियन्ता ओस्मान काभालालाई थुनामा

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२३ पटक पढिएको
  • भारतमा कोरोना खोप लगाउनेको संख्या १ अर्ब नाघ्यो

    ४ गते कात्तिक, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक अर्ब नाघेको छ ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बिहीबार बिहानसम्म कोभिड-१९ विरुद्धको खोपको डोज लगाउने संख्या एक अर्ब नाघेको हो । खोप लगाउनेको संख्या एक अर्ब नाघेसँगै कोभिडविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण उपलब्धि हात पारेको छ ।भारतमा जनवरी १६ देखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । शुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो भने फेब्रुअरी २ देखि अग्रपंक्तिमा खटिएका अन्य मानिसका लागि समेत खोप लगाउने व्यवस्था गरिएको थियो ।मार्च १ गतेदेखि ६० वर्षमाथिका र विभिन्न स्वास्थ्य समस्या भएका ४५ वर्षमाथिका व्यक्तिलाई खो

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १४९ पटक पढिएको
  • फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै

    सिरहा,कार्तिक ४ गते–फेसबुकले आफ्नो नाम परिवर्तन गर्न सक्ने समाचार बाहिर आएको छ। कोभिडको समयमा अपराध गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई कारबाहीको माग गरिएको समाचार बुधबार चर्चामा रह्यो। त्यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जलवायु सम्मेलनमा सहभागी नहुने समाचार पनि चर्चामा रह्यो। प्रस्तुत छ, बुधबार चर्चामा रहेका केही प्रमुख विश्व खबरहरू स्तालिबान सरकारले आत्मघाती बमवर्षकका परिवारलाई जमिन र नगद दिने काबुल स् तालिबान सरकारले आत्मघाती बमवर्षकका परिवारलाई जमिन र नगर रकम उपलब्ध दिने भएको छ। अफगानिस्तानको पूर्व सरकार  र पश्चिमा समूहविरुद्धको लडाईँमा मृत्यु भएका परिवारहरुलाई सरकारले प्रशं

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ११३ पटक पढिएको
  • सम्भावित रुसी हमलाको सामना गर्न नेटो गठबन्धनले ‘मास्टर प्लान’ बनाउदै

    सिरहा,कार्तिक ४गते ।  नेटो गठबन्धनमा आवद्ध मुलुकले रुसबाट हुन सक्ने संभावित आक्रमणको सामना गर्ने गरी नयाँ ‘मास्टर प्लान’ बनाउने तयारी गरेका छन् ।बिहीबार नेटो गठबन्धनमा आवद्ध मुलुकका रक्षामन्त्रीहरु आगामी दिनमा हुन सक्ने रुसी आक्रमणबाट सुरक्षित हुन नयाँ रणनीति बनाउन सहमत भएका हुन् । नेटो गठबन्धनले चीनलाई केन्द्रमा राखेको बेला रुसको सामना गर्न सक्ने रणनीतिमा सहमति भएको रोयटर्सले जनाएको छ ।सार्वजनिक भइनसकेको नयाँ रणनीतिले विद्यमान क्षेत्रीय रक्षा योजनाभन्दा बाहिर गएर बाल्टिक तथा कृष्ण सागरीय क्षेत्रमा आणविक हतियार, कम्प्युटर ह्याकिङ वा अन्तरीक्षबाट एकै पटक हुन सक्ने हमलाको तयारी गर्ने कुरा उ

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ११३ पटक पढिएको
  • सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

    न्यूयोर्क,कार्तिक ४ गते–सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको शल्यक्रिया सफल भएको हो।‘ब्रेन डेड’ भएकी एक महिलामा ५४ घण्टाको प्रयासमा मिर्गौला प्रत्यारोपण गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ। प्रत्यारोपण गरिएको सो मिर्गौलाले सामान्य रूपमा काम गरिरहेको शल्यक्रियाको नेतृत्व गरेका डा। रोबर्ट मोन्टगोमेरीले बताएका छन्। उनले मिर्गौलाबाट अपेक्षाकृत पिसाब बनाएको रोयटर्सलाई बताएका छन्।यो सफलता चिकित्सा विज्ञानमा कोसेढुङ्गा साबित हुन सक्ने बताइएको छ। यसले अङ्ग प्रत्यारोपणमा अङ्ग अभावलाई पूर्ति गर्ने विश्वास लिइएको छ। यद्य

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०९ पटक पढिएको
  • कोरिया द्वारा नयाँ क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियामाथि खनिए पश्चिमा मुलुक

    सिरहा,कार्तिक ४गते । अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई ‘उक्साहटपूर्ण कदम’ भन्दै निन्दा गरेका छन् ।पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि तीन मुलुकले उत्तर कोरियाको निन्दा गरेका हुन् । राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकपूर्व बेलायत, फ्रान्स र अमेरिकाका राजदूतले नयाँ खाले क्षेप्यास्त्र परीक्षण उक्साहटपूर्ण भनेका छन् ।त्यस्तै आयरल्याण्डकी राजदूत गेराल्डिन बायर्न नेसनले समेत उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषद्विपरीत भएको बताएकी छन् । ‘राष्ट्रसंघीय सुरक्षा परिष

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२३ पटक पढिएको
  • गुजरातमा ७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान

    गुजरात,कार्तिक ३ गते–भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् । पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् ।इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हर्ष आइभीएफ सेन्टरका डा। नरेश भानुशालीले बताएका छन् । शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । सन्तानको रहर पूरा गर्न सो दम्पतीले

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २१६ पटक पढिएको
  • दुईरदुई वर्षमा विश्वकपः सुपर क्लबको उपार्जन तोडिन्छ

    सिरहा,कार्तिक ३ गते । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले दुईरदुई वर्षमा विश्वकप आयोजना गर्दा केही सुपर क्लबले मात्र आर्थिक उपार्जन गर्ने होडबाजी तोडिने बताएका छन्।  अध्यक्ष इन्फान्टिनोले दुईरदुई वर्षमा विश्वकप आयोजना गर्दा विश्वमा फुटबलको चर्चा रहिरहने र केही चर्चित क्लबले गर्ने आर्थिक उपार्जन तोडिने बताएका हुन्। एक वर्ष पुरुष र एक वर्ष महिलाको प्रतियोगिता आयोजना गर्दा सधैं फुटबलको चर्चा रहिरहने भन्दै अध्यक्ष इन्फान्टिनोले विवादास्पद योजनाको प्रस्ताव ल्याएका हुन्। उनको योजनालाई विभिन्न क्लब र खेलाडीसमेतले खरो रूपमा आलोचना गरिरहेका छन्।  ‘अहिलेको

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १४३ पटक पढिएको
  • सिरियामा सैनिक बसमा बम विस्फोट,१३ सैनिकको मृत्यु

    दमास्कस,कार्तिक  ३ गते–सिरियाको राजधानी दमास्कसमा सैनिक बसमा आत्मघाती बम विस्फोट भएको छ। छुट्टाछुट्टै भएको दुईवटा विस्फोटमा परि १३ सैनिकको मृत्यु भएको छ भने अन्य ३ घाइते भएका छन्।स्थानीय मिडियाका अनुसार बुधबार बिहान व्यस्त समयमा छुट्टाछुट्टै विस्फोट भएको थियो। हाफेज अफ असद पुलमुनि हुँदै सेनाको गाडि गुडिरहेको बेला एउटा विस्फोट भएको थियो भने अर्को जिसर अल रेइस पुलनजिकै भएको थियो। तेस्रो बम भने सेनाको इन्जिनियरिङ टोलीले डिस्पोजल गरेको र घटना कसले गराएको भन्नेबारे अनुसन्धान थालिएको बताइएको छ। पछिल्लो समय सिरियामा आइएसआइएल लडाकुद्धारा थुप्रै आक्रमण भइरहेको बताइएको छ

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २०४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२