राजविराज, ५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगितामा पिडरबोनी फुटबल क्लब पिडरबोनी सिरहाले बिजयी सुरुवात गरेको छ । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न खेलमा गोलबजार स्पोर्टस क्लब गोलबजार सिरहालाई पराजित गर्दै पिडरबोनीले बिजयी सुरुवात गरेको हो । प्रतियोगिताको दोश्रो हाफको २७ औं मिनेटमा पिडरबोनीका जर्सी नम्बर १३ का खेलाडीले गोल गरी टिमको जित निश्चित गरेको थियो । प्रत
राजविराज, ६ मंसिर । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित श्री आधारभूत विद्यालय कठौनामा बुधवार अन्तर विद्यालय हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आयोजना गरेको सो प्रतियोगितामा बिभिन्न १२ वटा विद्यालयको सहभागिता रहेको थियो । हाजरी जवाफ प्रतियोगितामा श्री जनता आधारभूत विद्यालय कठौना प्रथम, श्री उच्च माद्ययमिक विद्यालय भगवतपुर बडहरी द्धितिय र श्री जनता माद्ययमिक विद्यालय जमुवा तृतिय भएको आयोजकले जनाएको छ । प्रतियोगिता पश्चात श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अ
राजविराज, १८ असोज । श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले पत्रकार राजु विश्वकर्मासहित चार जनालाई सम्मान गरेको छ । संस्थाको २९ औं साधारणसभाको अवसर पत्रकार विश्वकर्मासहित सरस्वती सामुदायिक विकास मञ्च तेरहौता सप्तरीका अध्यक्ष दिलिप चौधरी, द फ्रिडक फण्डका कार्यक्रम व्यवस्थापक जिएम श्रेष्ठ र द फ्रिडक फण्डका सल्लाहकार ब्रहमदेव रामलाई सम्मान गरेको हो । सप्तरीको खडक नगरपालिकाको सभाहलमा शुक्रवार आयोजित साधारण सभा कार्यक्रममा मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले चारै जनालाई सम्मान गर्नुभयो । संस्थाको विकासमा बिशेष योगदान पु¥याए वापत चारै जनालाई स
वीरगञ्ज, १४ असोज । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरुमा बर्षेनी विद्यार्थीको सङ्ख्या घट्दै गईरहेका बेला मधेस विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्थापना भएको पहिलो एक बर्षमै अर्थात अघिल्लो आर्थिक बर्ष २०८०÷८१ बाटै कानून संकायतर्फ बीए एलएल बी र जनप्रशासन संकायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको मधेस विश्व विद्यालयमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढ्दै गएको हो । विश्वविद्यालयले सञ्चालन गरेको दुबै संकायमा निर्धारित सङ्ख्या भन्दा बढी विद्यार्थीले आवेदन दिएपछि यसबर्ष पनि छनौट प्रवेश परीक्षा (इन्ट्रान्स) सञ्चालन गर्ने तयारी गरेको छ । “अघिल्लो बर्षको
राजविराज, २३ भदौ । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भोली सोमवार सप्तरी आउन लाग्न भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २ रक्साहामा निर्मित जनयुद्धका सहिद स्व.दुर्गाराज पौडेल र अर्जुन कोइरालाको शालिक अनावरण गर्न पुर्वप्रधानमन्त्री प्रचण्ड सप्तरी आउन लाग्नु भएको हो । नेकपा माओवादी केन्द्र सुरुङ्गा नगर समितिको आयोजनामा भोली सोमवार दिउँसो ३ बजे आयोजना हुने कार्यक्रमका लागि पुर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड आउन लाग्नुभएको नेकपा माओवादी केन्द्र सप्तरीका नेता यामबहादुर खापाङ्गी मगरले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले कार
बागमती, १७ भदौ । चितवनको राप्ती नगरपालिका १२ का ५३ बर्षीय बाबुराम प्रजाले पक्की घर पाएपछि यतिबेला खुसीले गदगद हुनुहुन्छ । बर्षाैदेखि घुसको छानो छाप्रोमा ६ जना परिवारका सदस्यसहित बस्दै आउनु भएका प्रजा अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी हुनुभएको हो । “मान्छेलाई बाच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुदाँ फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएको थिए”, प्रजाले भन्नुभयो,“ तर एकिकृत बस्ती तथा आवास कार्यक्रम अन्तर्गत पक्की घर सरकारले बनाईदिएपछि अब घरको समस्याबाट मुक्त भईयो, अब त केबल कमाएर परिवार मात्र पाल्नु छ ।” आर्थिक बिपन्नता र गरिबीको मार खेप्दै आएका आफु यो जुन
सप्तरी, १७ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबिलासाका बिरेन्द्र सदाको परिवार यतिबेला अझै त्रासमा छ । सदा परिवार बसिरहेको ऐलानी जग्गा आफ्नो भन्दै स्थानीय हुकेश्वर साहले जग्गा खाली गर्न धम्कीसँगै न्यायिक समितिमा उजुरी दिएपछि सदाको परिवार ठुलो चिन्तामा डुबेको हो । ‘‘बर्षाैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौं”, सदाले भन्नुभयो,‘‘ अहिले आएर साहले बाटोको लागि जग्गा खाली गर्नुप¥योे भन्दै धम्की दिन थाल्नु भएको छ, नगरपालिकास्थित न्यायिक समितिमा पनि उजुरी दिनुभयो त्यसैले समस्यामा परेका छौं ।” अब यहाँबाट बिस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उहाँको दुखेसो छ । 
सप्तरी, १४ असार । हरवा चरवा परिवारलाई लक्षित गरी सप्तरीको बिभिन्न पालिकामा सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम प्रभाबकारी बनेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जिल्ला अग्निसाइर कृष्णासबरण गाउँपालिकास्थित महुलीमा आयोजित मुक्त हरवा चरवा कार्यक्रमको समिक्षा बैठकमा सहभागी बक्ताहरुले कार्यक्रमबाट हरवा चरवा परिवारका बालबालिकाहरु शिक्षातर्फ आकर्षित भएको र महिलाहरु आत्मनिर्भर बन्न थालेको बताएका छन् । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बर्साइन नगरपालिका र रुपनी गाउँपालिकामा सञ्चालित हरवा चरवा
राजविराज, ७ असार । बेकरी व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा लेबुलिङ सम्बन्धी एक दिने अभ्यास कार्यक्रम राजविराजमा शुक्रवार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको आयोजनामा सम्पन्न कार्यशालामा सप्तरी र सिरहाका २५ जना बेकरी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख बिक्रम लिम्बु र खाद्य निरीक्षक राजिन बुढाथोकीले बेकरी उद्योगमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने मापदण्ड, तरिका, अनिवार्य लेबुलिङ विधि बारे प्रशिक्षण दिनुभयो । सो अवसरमा सहभागी बेकरी व्यवसायीहरुलाई बेकरीमा लेबल
जनकपुर, ४ असार । कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषाले लामो समयदेखि समितिबहीन रहेको पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन भएसँगै सिंचाई प्रणालीमा सुधार आएको छ । समितिहरु निष्क्रिय भएपछि अस्तव्यस्त भएको सिंचाई प्रणालीमा सुधार ल्याउन सो कार्यालयले लोकतान्त्रिक विधि प्रक्रियाद्वारा पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन गरेको हो । सो नहर प्रणाली अन्तर्गत प्रशाखा, शाखा र मूल समिति गरी ६० वटा समिति छन् । ती सबै समितिमा निर्वाचन प्रक्रियाद्वारा समितिहरुमा पदाधिकारी चयन गरिएको कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषा प्र
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.