काठमाण्डौ,पुस ९ गते । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा इन्टरनेट सेवा अवरुद्ध हुने गरी कदम नचाल्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाइन काटिदिँदा देशका धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको र बैंकिङ, हवाइ सेवा लगायत अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको भन्दै उसले अत्यावश्यक सेवा अवरुद्ध गर्नु दण्डनीय भएको स्मरण गराएको छ ।प्राधिकरणले दूरसञ्चार ऐन २०५३ स्मरण गराउँदै इन्टरनेट सेवा अवरुद्ध गरेमा दण्डनीय हुने बताएको हो ।‘यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण गम्भीर दुख व्यक्त गर्दछ । राज्यको अति आवश्
काठमाण्डौ,पुस ९ गते । अमेरिकाको ह्यूस्टनमा नेपाली राजदूतावासले कन्सुलर सेवा शिविर सञ्चालनमार्फत जम्मा गरेको रकम लुटिएको छ । राजदूतावासले १५ देखि २० डिसेम्बरसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको हो ।वासिङटनस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी र कुटनीतिक सुरक्षा महाशाखालगायत निकायहरूमा उजुरी गरिसकेको र लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिने प्रयास भइरहेको जनाएको छ ।लुटिएको रकम फिर्ताका लागि सार्वजनिक रूपमा सहयो
विरगञ्ज,पुस ९ गते । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झन्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामीण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए ।वडा नम्वर १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म ९ वटा वटाका जनताले
काठमाण्डौ,पुस ९ गते । भन्सार विभागले चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको जनाएको छ ।विभागको तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा विदेशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको उल्लेख गरेको छ ।यस्तै, ५ महिनाको अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जुन, यो
काठमाण्डौ,पुस ९ गते । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ ।बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो ।कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ ।विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।कांग्रेस
धनुषा,पुस ८ गते । धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय बन्द गराएका छन् ।धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनले जानकारी दिए ।उनले भने ‘हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग गर्दै आन्दोलन गरिरहेका थिए । आन्दोलनलाई साथ दिँदै आज जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।’उनका अनुसार नगराइन नगरपालिकाको नगरसभा बस्न नसक्दा साउनदेखि शिक्षक तथा कर्मचारीहरुले तलब पाउन स
काठमाडौं, पुस ८ गते । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट ८ देखि १० प्रतिशत भाडा समायोजन भएको हो । चार वर्षदेखि एउटै भाडा कायम भएको भन्दै भाडा बढाउन ट्याङ्कर व्यावसायीको छाता सङ्गठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले पटक पटक आन्दोलन गर्दै आएको थियो । आन्दोलनकै क्रममा केही दिन व्यावसायीहरुले ढुवानी बन्द गरेका थिए। जसका कारण केही दिन पदार्थको ढुवानी सेवा प्रभावित भएको थियो । आयल निगमले अध्ययन गरेर भाडा बढाउने निर्णय गरेको बताएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३६ वटा गन्तव्यमा ढुवानी भाडा कम्तीमा ८
काठमाडौँ, पुस ८ गते । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।‘आजको सुरुआत, भोलिको आधारः काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराका साथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त समयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत् समस्या र चुनौती समन्वय गरी सुल्झाउने कार्य जिम्मेवारीमा छ । अध्यक्ष सिल्वालले भन्नुभयो, “आयोजनाको अहिलेको निर्म
सुनसरी,पुस ८ गते । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ ।अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए ।रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर एकीन गर्न बाँकी रहेको रेन्जर भण्डारी बताउँछन् ।वन कर्
अनुभक्त चैधरीसिरहा,पुस ८ गते । सिरहाको लहान २२ मा अखिल क्रन्तिकारीका वरिष्ठ केन्द्रिय सदस्य किरण अधिकारी थारुको तेह्रौ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । थारुको यही मंसिर २५ गते हिृदयघातका कारण मृत्यु भएको थियो ।कार्यक्रमाका प्रमुख अतिथीको आसन्न बाट केन्द्रिय सदस्य कमरेड हरिकृष्ण गजुरेल बोल्दै कमरेड किरण थारु पार्टीको सिद्धान्त अङ्गाल्दै नेतृत्व गर्ने,कसैलाई काखापाखा न गर्ने र आफू पदका लागि पनि न अड्ने एक असल कार्यकर्ता गुमाउँदा पार्टीलाई अतुलनिय क्षती भएको छ । उनले थपदै क.किरण थारु जस्तो ईमान्दार,कर्मठ,सहासीक कार्यकर्ता लाखौमा एक हुन्छ र उहाँ जस्तो पाउन कठीन हुने केन्द्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.