सिरहा,असोज २४ गते । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।शाक्यले असोज २४ गतेका लागि प्रदेश सभा आह्वान गरेर विश्वासको
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.