X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ६२१-६३० of ९०६ items.
  • गाँजासहित एक जना पक्राउ

    महोत्तरी,फाल्गुन २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा बरामद भएसँगै

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १३१ पटक पढिएको
  • लागूऔषधसहित दुईजना पक्राउ

    मकवानपुर,फाल्गुन २९ गते ।  ।  प्रहरीले विभिन्न लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका(१० बसपार्कस्थित सडकखण्डमा जाँचका क्रममा उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चितवनका राप्ती नगरपालिका ८ बस्‍ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका ७ बस्‍ने २७ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट १७ एम्पुल डाइजेपाम, १९ एम्पुल फेनेरेगन र १५ एम्पुल नूफिन गरी जम्‍मा ५१ एम्पुल तथा २४० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १५६ पटक पढिएको
  • मध्यरातमा आगलागी, २५ घर जलेर नष्ट, लाखौंको क्षति

    सप्तरी,फाल्गुन २९ गते । सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला  मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट भएको हो ।आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५  वटा घर जलेर नष्ट भएको छ।स्थानीय चनरी देवी यादवले छोरीको विवाहको लागि जोहो गरेको लुगाफाटो र अन्य सरसामान जलेर नष्ट भएको दुखेसो पो

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १३४ पटक पढिएको
  • मोरङमा डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या

    मोरङ्ग,फाल्गुन,२९ गते । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी(८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका( ७ का २५ वर्षीय अजय चौधरी  र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको  वनमारा र  बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० म

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • ११३ पटक पढिएको
  • भिजिट भिसामा कडाइ, के–के छ नयाँ व्यवस्था ?

    काठमान्डौं ,फाल्गुन २९ गते । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ। भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा केही कडाइ गरेको हो ।भ्रमण भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गएको हप्ता गृह मन्त्रालयलाई पेस गरेको अध्ययन प्रतिवेदनमा भ्रमण भिसामा जान दस लाख रुपियाँ आय देखाउनुपर्ने उल्लेख थियो तर गृह मन्त्रालयले तत्कालका लागि पाँच लाख रुपियाँ देखाए पुग्ने व्यवस्था गरेको छ ।विभागलाई लेखेको पत्रमा

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १४१ पटक पढिएको
  • वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ

    संखुवासभा,फाल्गुन २९ गते ।संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको हो । वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष भोटेसहित सोही वडाका सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा का

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १३७ पटक पढिएको
  • १९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

    रौतहट,फाल्गुन २७ गते । मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थानाक्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसादलाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं एसपी ध्रुव कार्कीका अनुसार भारतीय बजार बाट ठुलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १२९ पटक पढिएको
  • वडा सदस्यको निधनमा नगरपालिकामा विदा

    सिरहा,फाल्गुन २७ गते । सिरहाको गालवजार नगरपालिकामा वडा सदस्यको निधनको शोकमा आज एक दिन विदा दिने निणर्य गरेको छ । गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरका वडा सदस्य डोमी चमारको निधनमा आज नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द रहेको जनाईएको छ ।नगरपालिकाको २६ गतेको निणर्यले शुक्रबार एक दिन नगरपालिकाको कार्यालय र अन्र्तगतका वडा कार्यालयहरु बन्द रहने निणर्य गरेको छ । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १६७ पटक पढिएको
  • आज सहिदद्वारको उद्घाटन

    जनकपुरधाम,फाल्गुन २७ गते । मधेश आन्दोलनमा सहादत दिएका सहिदहरुको सालिक सहितको सहिदद्वारको शुक्रवार उद्घाटन हुने भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्वार जनकपुरधामको उत्तरी प्रवेशद्वार मुजेलियामा रहेको छ ।भगवान रामको पूर्ण कदको प्रतिमा सहितको धनुषाकार द्वारको बीचमा सहिद निकु यादव, दिलिप यादव र सञ्जय चौधरीको शालिक राखिएको छ ।उनीहरु मधेश आन्दोलनको क्रममा जनकपुरधाममा सहिद भएका थिए ।तीनै जनाको अन्त्येष्टि गरिएकै स्थल नजिक निर्माण गरिएको द्वारको दुबै तर्फ मधेश आन्दोलनका अन्य सहिदहरुको विवरण उल्लेखित स्तम्भहरु राखिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको ४ करोडको लागतमा सहिदद्वारको निर्म

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १३० पटक पढिएको
  • देशैभर ढुवानी ठप्प पार्ने चेतावनी

    काठमाडौं,फाल्गुन २७ गते । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ । मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ ।नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन माग गर्ने निर्णय गरेको हो । महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १३८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२