काठमाडौँ, चैत १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राथमिक विद्यालयका तत्कालीन अध्यक्षसहित २० जनामाथि सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घरसमेतका संरचना बनाउन लगाएर गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ ।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विद्यालय व्
सिरहा,फाल्गुन ३० गते । सिरहास्थित धनगढीमाई नगरपालिकाको करिब १४ करोडको लागतमा निर्माण भएको सुविधा सम्पन्न पाँच तल्ले भवनको आज विधिवत् रुपमा उद्घाटन भएको छ । तीन वर्षको अथक प्रयासपछि निर्माण भएको नव निर्मित भवनलाई उद्घाटन गर्नुहुँदै नगर प्रमुख हरिनारायण चौधरीले जनतासँग गरेको बाचा मध्ये नगरपालिकाको गौरवको योजना प्रशासकीय भवन निर्माण सम्पन्न भएको प्रति आफूलाई थप उत्साहित बनाएको बताउनुभयो । भवन अभावमा कार्यालयहरु छुट्टा छुट्टै रहेकाले छिटो छरितो रुपले जनताले पाउने सुविधाबाट वंचित रहँदै आएका कारण आफूलाई खिन्नता महसुस भइरहेको वताउँनु हुँदै नगरप्रम्ुख चौधरीले निर्धारित समयमै भवन निर्माण सम्प
काठमाडौं,फाल्गुन ३० गते । प्रहरीले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले दाङ सौडियार घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिनलाई पक्राउ गरेको हो । महेशलाई काठमाडौंबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।उनीहरूले चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेलाई गत बुधबार राति साढे ८ बजेतिर लुटपाट गरेका थिए ।पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेको
सिरहा,फाल्गुन ३० गते । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ । ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन्,’ पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिरहा,फाल्गुन ३० गते । बेउला चढेको गाडी सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ । आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो ।
काठमाडौँ । सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । मन्त्रिपरिषदको बैठकले वन तथा वातावरण मन्त्रालयद्वारा अगाडि बढाएको निर्देशिका पारित गरेको छ ।मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलका अनुसार पछिल्ला दिनमा विकासका पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मर्ने र पीडित हुन थालेका घटना दिनानुदिन वृद्धि हुन थालेपछि सरकारले यो निर्देशिका ल्याएको हो ।विशेष गरी चितवनमा निर्माण भइरहेको सडकको खाडलमा परेर एकसिँगे गैँडाको मृत्युभएपछि यो निर्देशिका निर्माण गर्नुपर्ने महसुस भएको थियो ।वन्यजन्तुको आवतजावतलाई सुरक्षित बनाई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका
काठमाडौँ, फाल्गुन ३० गते । स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् ।अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू ती अखबार भित्रभित्रै मुसाले खाएको हुनसक्ने बताउँछन् । सुरक्षाका लागि धेरै वर्षदेखि चासो नराख्दा जमिनको ओसले अखबार कुहिएको हुनसक्ने पनि अनुमान गरिएको छ । सुरक्षित राख्नुपर्ने अखबारका चाङमाथि बिग्रिएका फर्निचरसमेत मिल्क्याइएका छन् । अखबार भण्डार गरिएको अवस्था हेर्दा तिनको महìव प्रेस काउन्सिलका कर्मचारीले नबुझेको प्रष्ट हुन्छ ।प्रवक्ताको समेत जिम्मेवार
काठमाडौं,फाल्गुन २९ गते । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ ।युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा भएको रुसी आक्रमणमा ३५ जना मारिएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो । आइतबार बिहान रुसले गरेको क्षेप्यास्त्र हमलाबाट थप १३४ जना घाइते भएको पनि समाचारमा उल्लेख छ ।रुसले आज बिहान लडाकु विमानमार्फत् याभोरिभस्थित एक सैन्य अड्डामा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । रुसी सेनाले पश्चिमी मुलुकले दिँदै आएका हतियार राख्न थालिएको र युद्धग्रस्त अन्य क्षेत्रबाट भागेर आउने मानिसको आश्रय स्थल बनेको लभिभल
रुकुम, फाल्गुन २९ गते । बाख्रा चराउन घर नजिकैको जङ्गल पुगेका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर २ का गणेश केसीले बुर्केसल्ला भन्ने स्थानमा एउटा कालो ड्रम भेटाउनुभयो । सँगैका साथीहरुलाई बोलाएर ड्रम हेर्न खोजेका गणेशले शङ्कास्पद वस्तुको पोको देखेपछि डराएर नजिकैको वडा कार्यालयमा खबर गर्नुभयो ।वडा कार्यालयबाट वडा अध्यक्ष जीवन केसीसहितको एक टोली गएर हेर्दा बम जस्तो बस्तु देखेर शङ्का लागेपछि नजिकैको इलाका प्रहरी कार्यालयलाई खबर गर्नुभयो । प्रहरी आएर निरीक्षण गर्दा सकेट बम रहेको पत्ता लाग्यो ।त्यस रात प्रहरीले उक्त स्थानलाई निगरानीमा राखेर जिल्लाबाट बम डिस्पोजल टोली बोलायो । कालो प्लास्टिकको ड
महोत्तरी,फाल्गुन २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा बरामद भएसँगै
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.