सिरहा,चैत २८ गते । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन ।
कैलाली,चैत २८ गते । कैलालीको मोहन्यालमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेकी हुन् । चुमा कुमारी थापा बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौनमा जानकारी गराएकी छिन् ।मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीक
महोत्तरी,चैत २८ गते । महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जना पक्राउ परेका छन् । विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो । छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ ।थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।
झापा,चैत २८ गते । झापाको गौरादह नगरपालिका–५ मा आइतबार दिउँसो चट्याङ लागेर स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापाको मृत्यु भएको छ। घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहको जनाएको छ। झापामा दिउँसो असिना पानीसँगै हुण्डरी र चट्याङ परेको थियो। शिवसताक्षी नगरपालिकामा हुण्डरीले ८ वटा घरको छाना उडाएको छ।वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी, वीरे राजवंशी, पवन राजवंशी लगायतको फुसको घर हावाले उडाएको हो। पवन राजवंशीका अनुसार अन्नपात भिजेर नष्ट भएको छ। यता कन्काई
काठमाडौं,चैत २८ गते । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो ।पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि सडकमा गुडाउन दिने गरी गृहकार्य थालेको हो ।भौतिक मन्त्रालयले वातावरणविद्, यस क्षेत्रका सरोकारवाला निकायलगायत आवश्यक छलफल नै नगरी व्यवसायीको प्रभावमा परेर यसअघिको नियमलाई फेरि परिवर्तन गर्ने तयारी गरेको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रे
मकवानपुर,चैत २७ गते । यात्रुवाहक बसमा लुकाई छिपाई राखेको ३५ किलो गाँजासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।चितवनबाट हेटौंडा आउँदै गरेको बा८ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा सवारले झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने चितवनको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर
रौतहट,चैत २७ गते । स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले चन्द्रनिगाहापुरको जयनगरमा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गरेकी हुन।अस्पतालको उद्घाटनसँगै क्यान्सर रोगबाट ग्रसित प्रदेश सांसद तथा पूर्वमन्त्री डाक्टर डिम्पल कुमारी झाको सपना साकार भएको छ ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन, किसान आन्दोलनको अग्रणी भूमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाममा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको बताइन्। सामाजिक न्यायका लागि योगदान, आफ्नो जीवनमा देश र जनताको सेवामा पुर्या
काठमाण्डौ –अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा प्रक्रियालाई तालिका बनाएर योजनाबद्ध रूपले अघि बढाएको छ । मन्त्रालयले जेठ १५ मा संघीय संसदमा प्रस्तुत गर्नुपर्ने बजेट निर्माण प्रक्रियालाई सम्बन्धित शाखाले कुन मितिसम्म सम्पन्न गर्नुपर्ने भनी तालिका नै बनाएर अघि बढाएको हो ।मन्त्रालयले तयार पारेको तालिका अनुसार अहिलेसम्म बजेट तर्जुमाको एक चौथाइ काम सकिएको छ । चैत १ गतेदेखि मन्त्रालय र मातहतका निकाय बजेट तर्जुमा प्रक्रियामा सामेल भएका थिए । जसअनुसार अहिलेसम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचक तयार भइसकेको छ ।यस्तै, बजेटमा समावेश गर्नुपर्ने व
बेनी, चैत २७ गते। मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दर्शनार्थीको भीड बढ्दै गएको छ। कोभिड–१९ को महामारीको समयमा सुनसान मुक्तिनाथमा अहिले दैनिक भीड बढेको हो।दैनिक दुई हजार दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन्। असारदेखि चैतसम्म दानपेटीकामा १० लाख ८४ हजार एक सय ५६ रुपैंया जम्मा भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।पवित्र तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थी अहिले दैनिक दुई हजारदेखि हजार पाँच सयसम्म पुग्ने गरेका छन्। मुक्तिनाथ क्षेत्रमा हवाई र सडकमार्गबाट दर्शनार्थी र पर्यटक त्यहाँ पुग्ने गरेका छन्।
खोटाङ्ग,चैत २७ गते । रामनवमीको अवसरमा खोटाङको हलेसीमा लागेको मेलामा पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भडि लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिन मेला लाग्ने गरेको छ । हप्ता दिन अघिदेखि सुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए । ‘रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिर आसपासका होटेल तथा रेस्टुरेन्टहरू भरिभराउ भएका छन्,’ उनले भने, ‘आगा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.