काठमाडौं,पुस १० गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५
सप्तरी, पुस ६ गते । सप्तरीका सामुदायिक विद्यालय र स्थानीय तह, वडा कार्यालयका कर्मचारीहरू समयमा कार्यालय नआउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। सरकारी कार्यालयहरूमा एकरदुई दिनमा हुने कामलाई हप्तौँ र महिनौँसम्म लाग्ने गरेको छ। शम्भुनाथ नपा–६ की सेवाग्राही प्रतिमा चौधरीलाई घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा बिहीबारदेखि मङ्गलबारसम्म कार्यालय धाउँदा पनि हाकिम नभएपछि फेरि शुक्रबार आउन भनियो। जग्गा सर्जमिन गराउन एक हप्तादेखि कार्यालय धाएको तर वडा कार्यालयमा सचिव छैन भन्दै फर्किनुपरेको राजविराज–८ का सुरेश दासले बताउनुभयो। घर जग्गासम्बन्धी सिफारिस पाउन वडा र नगर धाउँदै थाकिसके तर नगरको ओभर
काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज ९बुधबार० मतदान सुरु भएको छ ।संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।
सिरहा,पुस ५ गते। नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने भएको छ ।यस वर्षको हजमा सहभागी ५५८ जना हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्न लागिएको हो ।हज समितिले हज यात्रामा सहभागीहरुलाई नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपी सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आजको मितिदेखि एक महिनाभित्र निवेदन दिन अनुरोध गरेको छ ।सन् २०२२ को जुलाईमा हजका लागि नेपालबाट जाने यात्रुहरुबाट विविध खर्च शीर्षकमा साउदी रियाल २०० को दरले रकम लिएको थियो । उक्त रकम खर्च भएको थिएन ।परराष्ट्र मन्त्रालयमार्फत् नेपाली कन्सुलेट जनरल जेद्दाबाट रकम भुक्तानी हुँ
सर्लाही, पुस ५ गते । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ ।हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ ।केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको
सिरहा,मंसिर २९ गते । सिरहा प्रहरीले कटुवा पेस्ता्ल सहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरबाट ईलाका प्रहरी कार्यालय बिष्णुपुरसिरहाबाट प्रहरी नायव निरिक्षक गोबिन्द कुमार खत्रीको कमाण्डमा खटिएको गस्ती टोलिले जिल्ला सिरहा बिष्णुपुर गाँउपालिका वडा नं. ०३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा वर्ष २२ को विन्दे भन्ने सावन कुमार दासलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल थान–१, सोमा लाग्ने गोली राउण्ड–१ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।पक्राउ परेका दास माथी आबश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दि
सिरहा,मंसिर २९ गते । सिरहासहित तराईका जिल्लामा आजबाट चिसो बढेको छ। आज विहानबाट बाक्लो हुस्सु लाग्न थालेपछि यस क्षेत्रका सर्वसाधारणले अन्य दिनको तुलनामा चिसो बढेको महसुस गरेका हुन्। केही दिनदेखि बिहानबेलुका र रातको समयमा चिसो हुने गरेको भए पनि दिनभर पारिलो घाम लाग्ने गरेकोमा बुधबारबाट भने मधुरो घाम लागेर स्याँठ चलेकाले चिसो बढेको महसुस भएको स्थानीयले बताएका छन्। चिसो बढ्न थालेपछि न्यानो ओढ्ने ओछ्याउने नभएका अति विपन्न परिवार पिरोलिएका छन्। तराईका जिल्लाहरूमा बर्सेनि पुस, माघको जाडोले आय आर्जन न्यून भएका अति विपन्न र दलित परिवार प्रभावित हुने गरेका छन्। चिसो छल्न तराई मधेशका जिल्
काठमाडौँ, मंसिर २८ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा अपराह्न १ बजेपछि अन्तिम नतिजा घोषणा हुने आयोगले जनाएको छ। निर्वाचन आयोगले बिहीबार मङ्सिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन नै निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसअघि आयोगले अन्तिम नतिजा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते
ढल्केवर,मंसिर २८ गते । धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको विदेह नगरपालिका–९, इटहर्वास्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको टोलीले भारतको मधुबनी मगपट्टी–१ बिसोल बस्ने २३ वर्षीय उमेशकुमारलाई सो रकमसहित पक्राउ गरेको हो ।सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जाँचको क्रममा प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको टङ्कीभित्र लुकाई छिपाई राखेर नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको २४ लाख १७ हजार रुपियाँ बरामद भएको बताउनुभयो । बरामद रकम र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइएको जानकारी उहाँले दिन
सिरहा,मंसिर २२ गते ।पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषय प्रति प्रहरी प्रशासन उदासिन देखिएको भन्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष सहित सिरहाका पत्रकारहरु लहानको सहिद चौकमा दोषीलाई कारवाहीको माग गर्दै धर्नामा बसेको छन् ।गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषय प्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले व
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.