सिरहा,फाल्गुन ९ गते । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ। धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिण ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ। नेपाल र भारतका गरी १३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्। परिक्रमामा सहभागी श्रद्धालु सोमबार जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन्।परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध ल
सिरहा,फाल्गुन ९ गते । सिरहास्थित मिर्चैया नगर अस्पतालमा विरामीको चाप अत्यधिक बढेको छ । न्यून जनशक्तिका कारण सामान्यतया दैनिक एक सय देखि डेढ सयको संख्यामा विरामीहरु आउन थालेपछि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई भ्याई न भ्याई भएको हो ।अस्पतालले कम खर्चमा छिटो छरितोसँगै विश्वसिनियता सेवा दिन थालेपछि आफूहरु निजी अस्पतालमा उपचार गराउन छोडेको सेवाग्राहीहरु बताउँछन् । २४ शैय्याको अस्पताल नगरपालिकाले आफ्नै स्रोत साधनबाट चौविसै घण्टा सुत्केरी लगायतका अन्य विरामीहरुको सेवा प्रवाह गर्न थालेपछि विरामीको संख्या बढेको हो । विरामीको चाप अनुसार स्टाफको कमीले अस्पताल व्यवस्थापन गर्न कठिनाइ भइरहेको अस्पतालक
सिरहा,फाल्गुन ६ गते । गएको वैशाख ३० गते भएको पालिका चुनावका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबाना राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरिदिनु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिनुभएको छ ।निर्वाचन आयोगले गएको भदौ ३१ गते निर्धारित समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाउने एक लाख २३ हजार ६२४ उम्मेदवारलाई डेढ लाखदेखि साढे सात लाख रुपैयाँसम्म जरिबानाको निर्णय गरेको थियो । आयोगले ६ महिनाभित्र जरिबाना बुझाउन र जरिबाना नबुझाउनेलाई&n
धनुषा,फाल्गुन २ गते । मुसहर समुदायले आफ्नो कुल देवता दीना–भद्रीलाई स्मरण गर्दै उम्लिरहेको तातो दूधले नुहाएर भुइँया महाराजको पूजा गरेका हुन्। यसलाई बोलीचालीको भाषामा अपटनी पूजा पनि भन्ने गरिन्छ। सबैला नगरपालिका–९, भठिहनमा आइतबार झाँकी तथा भजनकीर्तन गर्दै राजेन्द्र सदा र रामबली सदाले माटोको भाँडोमा उम्लिरहेको तातो दूध जीउमा छर्केर भुइँया महाराजको पूजा गर्नुभयो। उहाँहरूले भाकल पूरा भएपछि यो पूजा गरेको बताउनुभयो। पूजामा भठिहन र वरिपरि गाउँका मुसहर समुदाय हेर्न आउनुभएको थियो। कुल देवताको स्मरण गरेर तातो दूधले नुहाउँदा शरीर नपोल्नु राजेन्द्र र रामबलीले बताउनुभयो। मुसहर समुदायका अगुवा
सर्लाही, माघ २९ गते । सर्लाहीको बागमती नगरपालिकामा १२ वडा रहेकोमा चार ठाउँबाट मात्रै सबै वडा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई समस्या भइरहेको छ। एकै भवनमा तीनवटा वडा कार्यालय भएपछि सेवाग्राहीलाई सेवा लिन समस्या भइरहेको हो। साविकको शङ्करपुर, राजघाट, कर्मैया र ढुङ्ग्रेखोला गरी चार गाउँ विकास समिति मिलेर बनेको बागमती नगरपालिकाका १२ वटा वडा पुरानै गाविस भवनबाट सञ्चालन भइरहेका हुन्। साविकको शङ्करपुर गाविस अहिले बागमतीको ८, ९ र १० गरी तीनवटा वडामा विभाजन भएको छ। ती सबैको कार्यालय सोल्टी बजारमा रहेको पुरानो गाविस भवनबाट सञ्चालन भइरहेको छ। त्यस्तै साबिकको राजघाट गाविस पनि बागमतीको ५, ६ र
रौतहट, माघ २९ गते । अनधिकृत बसोबासको कारण बागमती नहर सफाइ र मर्मतमा समस्या हुँदा सिँचाइ प्रभावित बनेको छ। सुकुम्बासी हुँ भन्दै बागमती नहरको डिल ९ड्याम०मा घरटहरा बनाई बसेका बस्तीको कारण नहरको मर्मत र सफाइ कार्य हुन नसक्दा सिँचाइ प्रभावित बनेको हो। बागमती सिँचाइ परियोजनाको रौतहट खण्डमा पर्ने पूर्व–पश्चिम मूल नहरको चन्द्रपुर–५, राजपैडादेखि थलहीटोल हुँदै चन्द्रपुर–६, जङ्गल छेउसम्म करिब चार किलोमिटर दायाँबायाँ ड्याम अतिक्रमण गरी बस्ती बसेको छ। दुई सयभन्दा बढी घरधुरी रहेको सो स्थानमा पशुपालनसमेत गरिएको छ। डिल तल खेती गरी नहर साँघुरो पारिएको छ। चन्द्रपुर–६, बेल्डी नहर अतिक्रमण ग
सिरहा,माघ २७ गते । सिरहाको मिर्चैंया नगरपालिकाले वर्षौदेखि नगरपालिका जाने मुख्य बाटोमा अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि बनाइएको घर टहराहरु भत्काउन शुरु गरेको छ । सार्वजनिक क्षेत्रलाई मिचेर घर टहरा बनाएका कारण बजार क्षेत्र नै कुरुप देखिएको तथा बाटो साघुँरो भएकाले बाटो फराकिलो बनाउन घर टहरा भत्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिका र मुख्य बजार जाने मुख्य बाटो रहेकाले बाटो सानो हुँदा यावतजावत गर्नेहरु वर्षौदेखि समस्यामा पर्दै आएका छन् ।नगरप्रमुख श्रवण यादवले सम्बन्धित व्यक्तिहरुलाई पटक पटक लिखित र मौखिक रुपमा बाटोमा बनाइएको घर टहरा भत्काउन भनिए पनि वेवास्ता गरेपछि वाध्य भएर घर टहरा भत
जनककपुर,माघ १७ गते । इलाका प्रहरी कार्यालय महेन्द्रनगर,धनुषाको हिरासतबाट फरार भएका छ जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरारमध्ये रोशन महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोलाई सोमबार साँझ यसै जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनास्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । महतोमाथि अवैध हातहतियारको मुद्दा चलिरहेको छ । उनलाई गत बिहीबार प्रहरीले हतियारसहित पक्राउ गरी शनिवार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको थियो । सोही कसुरमा पक्राउ परेका शङ्कर महतोसहित पाँच जना अझै फरार अवस्था
जनकपुर, माघ १४ गते । मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चिजवस्तु किनेर ल्याइन्छ । धेरैको छनोटमा मिठाई, कपडा, खेलौना, भाडावर्तन पर्ने गरेको पाइन्छ ।धनुषा जिल्लाको धनुषाधाममा माघ १ गतेदेखि एकमहिने मकरसङ्क्रान्ति मेला सुरु भएको छ । माघेसङ्क्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ । यस मेलाको आफ्नै विशेषता र महत्त्व पनि रहेको चर्चा गर्दै स्थानीय रामभरत साहले भन्नुभयो, “साताको अन्य दिनभन्दा आइतबार र मङ्गलबारको मेलामा असाध्यै भीडभाड हुन्छ ।” यस हिसाबले महिनामा आठ दिन अत्यधिक भीडभाडको धनुषाधाम मेला भर्न धनुषा,
काठमाडौँ, माघ १४ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं। २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्चले फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ अन्तर्गत उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थामा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारीका लागि नेपालको ना
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.