दीर्घ अवरोधात्मक श्वासप्रश्वास सम्बन्धी रोग (सीओपीडी)को स्व व्यवसथापन कार्यक्रम सम्पन्न

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: असार 7, 2076
  • 779 पटक पढिएको

धरान,असार ७ गते । सुनसरीको गढी गाउपालिकामा यहि असार ५ गते विहिबार दीर्घ अवरोधात्मक श्वासप्रश्वास सम्बन्धी रोग (सीओपीडी)को स्व व्यवसथापन नामक एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मुख्य अतिथि पाटन स्वास्थ विज्ञान प्रतिष्ठान ललितपुरको प्रो डा। केदार प्रसाद बराल रहेका थिए भने गढी गाउपालिकाका मेयर श्री प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

मुख्य अतिथि प्रो डा। बरालका अनुसार नेपालको सामुदायिक स्तरमा दीर्घ अवरोधात्मक श्वासप्रश्वास सम्बन्धी रोग ९सीओपीडी०को स्व व्यवस्थापनको आवश्यकता निकै नै महत्वपूर्ण रहेको छ । दिर्घ अवरोधात्मक श्वासप्रश्वास सम्बन्धी रोग ९सीओपीडी०का बिरामीहरुको सामुदायिक स्तरमा स्व व्यवस्थापन अत्यन्त जरुरी रहेको गाउपालिकाका मेयर यादवले जनाए । यस् अनुसन्धानलाई गाउपालिकाको पुर्ण रुपमा सहयोग रहने उनले भने ।

कार्यक्रम बिहान ८ बजे सुरु भइ २ बजे समापन भएको थियो। कार्यक्रमको आयोजना सेन्टर फर प्राइमरी हेल्थ केयर एण्ड इक्वीटी , युनिभर्सिटी अफ न्यु साउथ वेल्स र गढी गाउपालिकाको सहकार्यमा भएको हो ।

९सीओपीडी०को स्व व्यवसथापन नामक कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश नं १ बाट जनस्वास्थ अधिकृत कृष्णदेव यादव , नेपाल जनस्वास्थ संघका अध्यक्ष अनिल देव ,धरान स्थित विपि प्रतिष्ठानका प्रोफेसर डा। नरेन्द्र भट्ट र सुनसरी जिल्लाका जनस्वास्थका प्रमुख सागर प्रसाइको समेत उपस्थिती रहेको थियो ।

सामाजिक विकास मन्त्रालयका प्रतिनिधि कृष्णका अनुसार अहिले नसर्ने रोगहरुको वृद्धि दिना नुदिन भएकोले समय सान्दर्भिक अनुसन्धान रहेको बताए । यस्ता नसर्ने स्वास्थ समस्या भएका बिरामीलाई स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उनले भने ।

धरान स्थित विपि प्रतिष्ठानका प्रो डा। भट्टले सिओपिडीका जोखिम कारकहरु र प्रतिष्ठानमा उपलब्ध भएका सेवासुविधा बारेमा अवगत गराएका थिए । उनले यस् अनुसन्धानको फाइदा र दीर्घ श्वासप्रश्वास सम्बन्धी रोगमा यस्तो कार्यक्रमको महत्वलाई समेत प्रष्ट पारे ।

स्वस्थ जिवनशैली बनाइ बाच्नु भनेको हामी सबैको जिम्मेवारी हो । यसलाई उपलब्ध गराउन यस्ता स्वास्थ साक्षरताले बिरामी हुनेहरुलाई मात्र नभएर स्वस्थ व्यक्तीमा समेत ठूलो सकारात्मक असर पार्ने प्रोफेसर जेन लोइड्ले बताए ।

कार्यक्रममा गढी कार्यपालिकाका पदाधीकारीहरू सहित स्वास्थ सम्योजक गजेन्द्र यादव , स्वास्थकर्मीहरु तथा अन्य विभिन्न क्षेत्रका सहभागी सहित गरि लगभग ७० जनाको उपस्थिती रहेको थियो।

युनिभर्सिटी अफ न्यु साउथ वेल्स , अष्ट्रेलियाका अनुसन्धानकर्ता उदय नारायण यादवले कार्यक्रमको सहजीकरण गरेका थिए । यादवसंगै प्राध्यापक डा। मार्क फोर्ट ह्यारिस , डा। हस्सन होस्सैन्जदेह , एसोसिएट प्रोफेसर डा। जेन र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा। केदार प्रसाद बरालको टिमले सो अनुसन्धानको थालनी सुनसरीको गढी र बर्जु गाउपालिकाका केही क्षेत्रमा गत असोजबाट सुरु गरेका हुन् । यादवले बिरामीहरुलाई हेरचाह गर्ने तरिका र सामाग्रीको मोडललाई कार्यक्रममा प्रस्तुत गरेका थिए।

यस अनुसन्धानको पहिलो कार्य अन्तर्गत सुनसरीका २५०जना बिरामीको तथ्याङक महिला स्वास्थ्य स्वयम सेविकाहरुबाट पत्ता लगाई उनिहरुको अवस्था बुझ्न सर्वेक्षण गरिएको थियो । यो स्व व्यवस्थापनको तालिमले बिरामीहरुको जीवन गुणस्तर सुधार गर्न निकै ठुलो मदत पुर्याउने अनुसन्धानकर्ता यादवले बताए ।

यो अनुसन्धानमा विपि प्रतिष्ठानका प्रो डा। नरेन्द्र भट्ट ९ विभागीय प्रमुख , पल्मोनरी मेडिसिन० , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। सुरेश मेहता र डा। रोशन पोख्रेल ९मेडिकल सुपरिटेण्डेण्ट,कोशी अञ्चल अस्पताल ० सल्लाहकारका रुपमा संलग्न रहेका छन् ।

 

 

 


यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

सिरहामा शान्ति युवा क्लबद्धारा रक्तदान कार्यक्रम

  मिर्चैया। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५मा शान्ति युवा क्लबले रक्तदान कार्यक्रम गरेको हो

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२